राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन षडयन्त्र भइरहेको छः अध्यक्ष थापा
प्रकाशित २०७४ असोज ११ बुधबार
306
Shares
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन विभिन्न शक्तिको सक्रियता बढेको बताएकाछन्। पार्टीद्वारा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफ्नो स्वार्थ र प्रभाव क्षेत्रको रुपमा विस्तार गरी मुलुकलाई क्रिडास्थल बनाउने विदेशी षडयन्त्रलाई राष्ट्रवादी जनताले असफल पार्ने बताए।
उनले जनताको सेवालाई केन्द्रमा राखेर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै जनताको मन जितेर पार्टीलाई स्थापित गराएरै छाड्ने दृढता व्यक्त गरे। ठूला भन्ने दलहरुले अवलम्बन गरेको त्रुटीपूर्ण मार्गचित्रका कारण मुलुक असफलतातर्फ धकेलिएको आरोप लगाउँदै थापाले लोकतन्त्र लुटतन्त्र बन्दै गएकामा तीव्र आक्रोश व्यक्त गरे। रासस