arrow

कांग्रेस कास्की १ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उमेदवारी घोषणा

logo
प्रकाशित २०७४ असोज ११ बुधबार
congress-flag.jpg

कास्की। आगामी मंसिर २१ गते कास्कीमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ का लागि कांग्रेस कास्की १ मा १४ जनाले प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी घोषणा गरेका छन्। क्षेत्र नं १ को भण्ढारढिक मा आयोजित उमेदवारी घोषणा कार्यक्रममा पूर्व सभामुख एवम् कांग्रेस माहामन्त्री तारानाथ रानाभाट सहित , क्याप्टेन फत्ते बहादुर गुरुङ, तिलक रानाभाट, गुरु बराल लगाएतका नेताहरुले हाफ्नो उमेदवारी रहने बताएका छन। 

यस्तै गरी वहालवाला कानून न्याय तथा संसदिय व्यवस्था मन्त्रि यज्ञ बहादुर थापा, सांसाद जीवन परियार, सरस्वती गुरुङ, संज्ञा पोखे्रल, गौरी सापकोटा, कृष्ण कार्की , परशुराम विक, पदमशरण रेग्मी,तारा अधिकारी र हेम बहादुर गुरुङले आफ्नो उमेदवारी घोषणा गरेका हुन। 

यसै गरी प्रदेश सभा सदस्य १ को (क) मा प्रत्यक्ष तर्फ सुदिप मोहन भट्टराइ, पुष्पमणी भण्ढारी, ठाकुर प्रसाद कंडेल, प्रेम कुमार श्रेष्ठ, लालकृष्ण शर्मा, मुराहरी कोइरला, नन्द प्रसाद तिवारी, देवेन्द्र रानाभाट, रामबाबु भण्ढारी, कोपिला रानाभाट, विन्दु भण्ढारी, कमल नाथ कुंवर, राजेन्द्रमणी लामिछाने, गिरीराज गौतम, कुमार सुनार, बुद्धिमान गुरुङ, सुरेन्द्रराज अधिकारी, प्राज्ञ नगेन सिंह ठकुरी, टेकनाथ घिमिरे, दुर्गा प्रसाद रेग्मी, इन्जिनियर राम बहादुर केसी, भरतराज तिवारी र नारयण कुमार श्रेष्ठले उमेदवारी घोषणा गरेका छन्। (क) मा प्रत्यक्ष तर्फ २३ र समानुपातिक तर्फ ७ जनाको उमेदवारी घोषणा भएको छ।

जसमा समानुपातिक तर्फ सुरज जङ्ग राणा, चन्द्रावती पौडेल, शर्मिला काफ्ले ,करिम मियाँ, डिल्लिराम तिवारी, अप्सार श्रेष्ठ, खलिल मियाँ, अजिम बक्स मियाँ रहेका छन्। यस्तै प्रदेश कास्की १ (ख) मा प्रत्यक्ष तर्फ किशोर दत्त बराल, कृष्ण बहादुर केसी, नविन सिग्देल, जाय बराल क्षेत्री, विर्जमान गुरुङ र दिपेन्द्र राज ढकाल रहेका छन्  यसै गरी समानुपातिक तर्फ अनिता तिमिल्सिना, आनन्दि राज कार्की , मायाँ देवी तझया, चिनु रानाभाट, कृष्ण प्रसाद कोइराला, सरफत अलिमिया, रस कुमारी गुरुङ र नविन सापकोटको उमेदवारी घोषणा भएको छ।

क्षेत्रिय सभापति विर्जमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै मन्त्री थापाले जङ बहादुरका पाला देखिको मुलुकी ऐन खारेज गरी नयाँ मुलुकी ऐन घोषणा गर्न सकेकोमा गर्व गरेका थिए भने सांसद जीवन परियारले कार्यकर्तालाई मिलेर अगाडि बढ्न आग्रह गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ