arrow

न्यूजिल्याण्डमाथि पाकिस्तानको रोमान्चक जित

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
Sport-cricket.jpg.jpeg
एजेन्सी । न्यूजिल्याण्ड विरुद्धको पहिलो टि–२० क्रिकेटमा पाकिस्तानले १६ रनको रोमान्चक जित हासिल गरेको छ । ईडेनपार्क खेल मैदानमा टस हारेर व्याटिङ् गरेको पाकिस्तानले निर्धारित २० ओभरमा मोहम्मद हाफिजको ६१ रनको मद्दतले ८ विकेट गुमाएर १ सय ७१ रन बनायो । पाकिस्तानका लागि कप्तान शाहिद अफ्रिदीले आक्रमक व्याटिङ् गर्ने क्रममा ८ बलमा २३ रन बनाए । बलिङ्तर्फ अदम मिल्नेले ४ विकेट लिए । 
 
१ सय ७२ रनको चुनौती पछ्याएको न्यूजिल्याण्ड निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ५५ रनमै समेटियो । न्यूजिल्याण्डका लागि केन विलियम्सनले ७० तथा मुन्रोले ५६ रन बनाए पनि हार टरेन । न्यूजिल्याण्डलाई दबाबमा राख्न वहाब रियाजले ३ तथा अफ्रिदी र उमर गुलले समान २–२ विकेट लिए । जितसंगै पाकिस्तानले ३ खेलको टि–२० श्रृंखलामा १–० को अग्रता लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ