arrow

राजेन्द्र महतोको भेट बदलियो, तत्काल नेपाल फर्केलान् ?

चिकित्सकले भने–‘नेपाल फर्के हुन्छ’

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
Rajendra-Fnl.jpg.jpeg
काठमाडौं । उपचारका दिल्ली गएका सद्भावना अध्यक्ष राजेन्द्र महतो भेटघाटमा व्यस्त छन् । राजनीतिक भेटलाई तीब्रता दिएका महतोको भेटयात्रा बदलिएको छ । महतोले अब कुटनीतिक भेटघाट अघि सारेका छन् । शुक्रबार महतोले नेपाल मामलाका भारतीय जानकार प्रोफेसर एसडी मुनिसंग भेट गरेका छन् । भेटमा महतोले नेपालको नयाँ संविधान र मधेस आन्दोलनबारे ब्रिफ गरे । मुनिले मधेस समस्या र संविधानबारे चाँसो राखेका छन् । 
 
यसअघि महतोले राजनीतिक नेताहरु देखि सांसद सम्म भेट गरिसकेका छन् । महतोले भारतीय सरकारका मन्त्री र विपक्षी पार्टीका नेताहरुलाई भेटेर मधेस आन्दोलनमा सघाउन आग्रह गरेका छन् । केही दिन अघि महतोले आपराधिक पृष्ठभूमिका लोकसभा सांसद पप्पु यादवलाई भेटेपछी निकै चर्चा भयो । यद्यपि, महतोले पप्पु मधेस आन्दोलनलाई सहयोग गर्ने पहिलो भारतीय नेता भएको जिकिर गरे ।
 
चिकित्सकले भने–‘नेपाल फर्के हुन्छ’ 
विराटनगरको जोगवनी नाकामा धर्नाका क्रममा भएको झडपमा घाइते भएपछि थप उपचारका लागि दिल्ली पुगेका राजेन्द्र महतोलाई चिकित्सकले स्वास्थ्य ठिक रहेकाले नेपाल फर्किन सक्ने बताएका छन् । विहिबार मात्रै फलोअप चेकका लागि मेदान्त अस्पताल गएका महतोलाई चिकित्सकले फर्किन सक्ने बताएको सद्भावना नेता देवेन्द्र यादवले जानकारी दिए । यादवले हाम्राकुरासंग भने,‘फलोअप पनि सकियो, दुई चार दिनमै फर्किनु हुन्छ ।’ अध्यक्षले दुई चार दिनमा फर्किन्छु भन्नु भा छ । 
 
भारतले फर्किन दिन्छ त ? 
महतोलाई सरकारी पाहुना बनाएको भारतले तत्काल फर्किन नदिने जनाउँ दिएकाले महतो कहिले फर्किने भन्नेबारे अझै यकिन भएको छैन । विशेष शुत्रका अनुसार महतो नेपाल फर्किए तत्काल नेपालमा हुन लागेको सहमति भाँडिने भारत सरकारको ठहर छ । द्यपि, उपचारकै लागि भारत जान लागेका तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरलाई जिम्मा लगाए महतो नेपाल फर्किन सक्ने संकेत आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ