arrow

कांग्रेसमा प्रादेशिक संरचनाबारे बुढा र युवाबीच बाँझाबाँझ

पुरानामा अझै पद लोलुपता

logo
प्रकाशित २०७२ माघ १ शुक्रबार
Congres-FNL.jpg.jpeg
काठमाडौं । कांग्रेसमा क्रियाशील सदस्यता विवाद सुल्झिन नपाउँदै अर्को विवाद सिर्जना भएको छ । पार्टीको प्रादेशिक संरचनामा कांग्रेसमा बाँझाबाँझ नै भएको छ । नयाँ संविधान अनुसार पार्टीको संरचना कस्तो बनाउने भन्ने विषयमा पार्टीको विधान मस्यौदा समितिमा विवाद भएको हो । समिति विवाद सुल्झिन नसकेपछी समिति नेताहरुले शुक्रबार पदाधिकारीहरुसंग गुहार मागेका छन् । 
 
मस्यौदा समितिमा केही नेताहरुले प्रदेश सभापति केन्द्रीय सभापतिले मनोनित गर्ने र प्रदेश सभापतिले कार्यसमिति बनाउनु पर्ने तर्क गरे । केही नेताहरुले भने प्रदेश समिति पुरै निर्वाचिनबाटै गठन हुनुपर्नेमा जोड दिए । विधान मस्यौदा समिति संयोजक समेत रहेका आनन्द प्रसाद ढुंगानालगायतका केही नेताहरुले मनोनयनको पक्षपोषण गरेका थिए । 
 
राष्ट्र प्रादेशिक संरचनामा जाँदा सबै प्रदेशहरु राजनीतिको केन्द्र हुने भएकाले प्रदेश समितिलाई सशक्त बनाउन प्रदेशकै नेता कार्यकर्ताले रुचाएका व्यक्तिहरुबाट प्रदेश समिति गठन गरिनुपर्ने आफुहरुको जोड रहेको पार्टी केन्द्रीय सदस्य तथा मस्यौदा समिति सदस्य बाल कृष्ण खाँणले जानकारी दिए । नेता खाँणले भने,‘पुराना केही नेताहरुले केन्द्रीय सभापतिले प्रदेश सभापति मनोनित गर्नुपर्ने धारणा राखेपछि समितिमा मत बाँझियो ।’ खाँणले समितिमा मत बाँझिएकाले पदाधिकारीसंग परामर्श गरेको जानकारी दिए ।
 
पार्टी सभापति सुशील कोइराला निवास महाराजगन्जमा बसेको बैठकमा शीर्ष नेताहरुले समितिको तर्फबाट संरचनाका विभिन्न विकल्पहरुसहितको मस्यौदा प्रतिवेदन तयार पारेर फेरि छलफलमा आउन निर्देशन दिएको खाँणले बताए ।  बैठकमा महामन्त्री कृष्ण सिटौला बाहेक सबै पदाधिकारी र मस्यौदा समिति सदस्यहरु सहभागि थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ