arrow

जुटे नेताहरु सहमतिको खाका बनाउन

संयन्त्रको स्वरुप र बैधताका बारेमा

logo
प्रकाशित २०७२ माघ २ शनिबार
PM-Niews,-baluwatar.jpg.jpeg
काठमाडौं । मधेशी मोर्चासंगको बार्तालाई निर्णायक बनाउनेगरी प्रमुख तीन दलका शिर्ष नेताहरु छलफल जुटेका छन् । 
 
नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरु कार्यदल तहमा भएको छलफलका आधारमा निचोडमा पुग्ने बारेमा छलफलमा जुटेका हुन् । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले शिर्ष नेताहरुका विचमा छलफल भईरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । 
 
मधेसी मोर्चाले उठाएका ११ बुँदे मागहरु मध्ये कुन मागलाई कसरी र कहिले सम्बोधन गर्ने भन्ने विषयमा तीन दलले धारणा बनाउन लागेको हो । 
 
केही विषयहरु संविधान संशोधन प्रस्तावमा समेटिईसकेको र प्रदेशहरुको सिमाँकनको विषयलाई उच्चस्तयरिय राजनितिक संयन्त्र मार्फत टुङग्याउने भनिएपनि संयन्त्रको हैसियत र बैधताका बारेमा नेताहरुले अहिले छलफल गरिरहेको बताइएको छ । 
 
तीन दल र मधेसी मोर्चाले गठन गरेको कार्यदलमा भएको छलफलका आधारमा उनीहरुले संयन्त्रका विषयमा आज केही निर्णयग गर्ने तयारीमा रहेका छन् । 
 
संयन्त्रको स्वरुप र बैधताका बारेमा शिर्ष नेताहरुले निणर्य गरेपछि आजै कार्यदलको बैठक बसेर कार्यदलमा पनि सहमति जुटाउने प्रयासमा नेताहरु लागेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ