arrow

बहुलाहा कुकुरले टोकेर गाईको मृत्यु, दूधखाने दशजना उपचारमा

logo
प्रकाशित २०७४ असोज १८ बुधबार
dog-bite-cow.jpg

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूली कटानका बहुलाहा कुकुरले टोकेको गाईको दूध खानेहरु मंगलबार महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका छन् । 

स्थानीय दिवान धामीको गाई बहुलाहा कुकुरले टोकेको दोस्रो दिन मरेपछि दूध खानेहरु अस्पतालमा उपचारका लागि पुगेका हुन् । बहुलाहा कुकुरले टोकेपछि गाईको दूध १० जनाले खाएका थिए । 

गाई मरेपछि मात्रै धामीले बहुलाहा कुकुरले गाईलाई टोेकेको थाहा पाएको गाउँपालिका–५ का सदस्य भीमसेन रानाले बताए । 

गाईलाई बहुलाहा कुकुरले टोकेको थाहा पाएपछि दूध खानेहरु केही मंगलबार उपचारका लागि अस्पताल पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ