arrow

नेपाल र भारतका खेलाडीबीच मैदानमै कुटाकुट

logo
प्रकाशित २०७२ माघ २ शनिबार
foot.jpg.jpeg
भीमदत्तनगर । कञ्चनपुरको दक्षिण क्षेत्रमा पर्ने नेपाल– भारतको सीमा क्षेत्रको दसहीमा दुई देशबीचका फुटबल खेलाडीबीच कुटाकुट भएको छ । 
 
कञ्चनपुरको बेलौरी नगरपालिका–१ स्थित महाकाली युवा क्लब र भारतको लखिमपुर, दसहीका खेलाडीबीच फुटबल चलिरहँदा भएको विवादले उग्ररुप लिएपछि झडपको स्थिति सर्जना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 
 
“खेल गराउँदै गरेका एम्पायरको निर्णयका विषयलाई लिएर दुई पक्षका खेलाडीबीच विवाद भएको हो,” जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले भने – “सोही विषयलाई लिएर सामान्य हातपात भयो ।” 
 
कुटपिटबाट दुवैतर्फका खेलाडीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि बेलौरीस्थित इलाका प्रहरी, त्रिभुवनबस्ती इलाका प्रहरी र भारतीय प्रहरी घटनास्थल पुगेर विवाद साम्य पारेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ