arrow

महेन्द्रको मृत्युको भविष्यवाणी मिलाएका त्रिकालदर्शी कमलानन्दको निधन 

logo
प्रकाशित २०७४ असोज १८ बुधबार
kamalanada_saraswoti1.JPG

काठमाडौं । आयुर्वेद एवं ज्योतिष विद्याको क्षेत्रमा प्रसिद्धि कमाएका त्रिकालदर्शी आयुर्वेद ऋषि कमलानन्द सरस्वती महाराज (कमलराज भण्डारी) को निधन भएको छ । मंगलबार साँझ साढे नौ बजे आफ्नै निवास भरतपुर महानगरपालिका कृष्णपुरमानिधन भएको हो । वि.सं. १९९२ बैशाखमा पिता गुरुप्रसाद र माता रम्जनतादेवि भण्डारीका कान्छा छोराको रूपमा पर्वत जिल्लाको हुवास अन्तर्गत किक्रिकमा जन्मिएका कमलानन्द सरस्वतीमा ज्योतिष फलादेशको क्षेत्रमा फरक क्षमता थियो । समय समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भविष्यवाणी गरेर चर्चा आउने गरेका उनले राजा महेन्द्रको मृत्युको भविष्यवाणी गर्दा केही दिन जेल पर्नु परेको थियो । 

ब्रिटेनकी राजकुमारी डायनाको दुर्घटनामा मृत्यु हुने उनको भविष्यवाणीले अन्तर्राष्ट्रिय चर्चा बटुलेको थियो । २०५१ सालमा गिरीजाप्रसाद कोइरालालाई मध्यावधी नगर्न सल्लाह दिएका र सो कुरालाई कोइरालाले नमान्दा नेपाली काँग्रेसले पराजय भोग्नु परेको कुराले पनि निकै चर्चा पाएको थियो । यस्ता भविष्यवाणी उनले धेरै गर्दथे, जुन धेरै पूरा भएका छन् । 

ज्योतिष फलादेशको क्षेत्रमा पृथक खुबी भएका उनलाई विलक्षण ज्योतिष प्रतिभाको कदर गर्दै संपूणानन्द विश्वविद्यालयमा भएको अन्तर्राष्ट्रिय ज्योतिष महासम्मेलनले त्रिकालदर्शीको उपाधिले विभूषित गरेको थियो । यसैगरी उनमा भएको आयुर्वेद उपचारको उत्कृष्ट ज्ञान एवं सेवाको कदर गर्दै नेपाल आयुर्वेदीय संस्थाले आयुर्वेद ऋषिको उपाधिबाट विभूषित गरेको थियो । 

स्व. कमलानन्द सरस्वतीका दुई श्रीमती, पाँच छोरा, दुई छोरी छन् । जेठा छोरा रुद्रप्रासद अद्वैत सत्सङ्गी छन् भने माइला छोरा स्वामी दुर्गादास शब्द चिन्तन दर्शनका प्रधान संरक्षक छन् । स्व. कमलानन्द सरस्वतीलाई केही वर्ष यता मधुमेहको रोगले गालेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ