arrow

‘पार्टी एकता’ भन्ने वित्तिकै ठूला दलको डोकोमा हामफाल्ने कुरा हुँदैन (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ असोज १९ बिहिबार
CP_mainali_.jpg

एकातिर वाम गठबन्धन, अर्कोतिर लोकतान्त्रिक गठबन्धन । यो गठबन्धनको अभ्यासले साना दल घेराबन्दीमा परेका छन् । अब उनीहरुलाई कता जाने र के गर्ने भएको छ । हामीले वाम शब्द जोडिएको नेपाल कम्युनिष्ट पार्टी मालेका महासचिव सीपी मैनालीलाई अब तपाईहरुको बाटो के ? भनि सोधेका छौँ ।

तपाईहरु त घेरा बन्दीमा पर्नु भो हैन । एकातिर वाम गठबन्धन, अर्कोतिर लोकतान्त्रिक गठबन्धन ?
–अब ठूल–ठूला गठबन्धन बनेका छन् । यसबीचमा पनि विभिन्न साना पार्टीहरुको कुनै न कुनै गठबन्धनसँग तालमेल गर्न सक्छन् । विचार मल्निे र धेरै कुराको नजिकमा रहेका दलहरुबीच गठबन्धन हुनसक्छ । हामीले गठबन्धन गर्नु पूर्व पनि एमालेसँग चुनावी तालमेलको निम्ति वातचीत गरिरहेका थियौँ । यहीबीचमा माओवादी, एमाले र नयाँशक्तिबीच गठबन्धन बनेको छ । हाम्रो वातचीत त्यही गठबन्धनसँग हुने भएको छ । हामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सन्दर्भमा त्यही गठबन्धनसँग वार्तामा छौँ ।

तपाईहरुको पार्टीको नाम अगाडि वाम शब्द जोडिएको छ । तपाईहरु पनि पार्टी एकताको अभियानमासरिक हुने कि चुनावी तालमेलका लागि मात्रै कुरा गर्ने के हो ?
–कुरा के हो भने हामी कम्युनिष्ट वामपन्थी पार्टी हौँ । हामी गैर कम्युनिष्ट वामपन्थी पार्टी होइनौँ । हामी माक्र्सवादी वामपन्थी पार्टी हौँ । दोस्रो कुरा चुनावको मिति नजिकिँदै छ । यस्तो अवस्थामा पार्टी एकीकरणको कुरालाई लिएर अरु दलहरुसँग वातचीत गर्ने हामीसँग समय पनि छैन । पार्टीले अवलम्बन गरिरहेका कतिपय महत्वपूर्ण विषयबारे जो विवादहरु छन् । छलफल, वहस गरेर सहमति गर्ने काम गरिनु पर्दछ । त्यतापट्टी लाग्ने अनि, पार्टी एकीकरण गर्ने र त्यसपछि मात्रै चुनावमा जाने अहिलेको अवधि होइन । त्यसो गर्दा न त पार्टी एकता सम्बन्धि गम्भीर बहस हुनसक्छ । न त चुनावको तयारीको काममा लाग्न सकिन्छ । त्यसकारण अहिले चुनाव पूर्व नै पार्टी एकीकरण सम्बन्धि कुरा गर्नु अप्रासांगिक र अनुपयुक्त समय हो ।
यस्तो विषयमा छलफल गर्ने काम चुनाव पछि मात्रैभ गरिनु पर्दछ भन्ने हाम्रो मान्यता हो । अहिले हामीहरुले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको जुन गठबन्धन छ । त्यो गठबन्धनसँग हामी चुनावकै सन्दर्भमा तालमेलको विषयलाई लिएर कुरा गर्दै छौँ । चुनाव पछि पार्टी एकताको सन्दर्भमा ती दलहरुसँग कुरा गर्ने अवस्था आउँदा हामी तयार छौँ । अब हाम्रो पार्टीको सिद्धान्त, अहिलेको परिवर्तनलाई बाटो देखाउने सिद्धान्त, समाजको चरित्रको विश्लेषण, क्रान्तिको चरित्रको विश्लेषण लगायत अरु धेरै महत्वपूर्ण विषयहरुमा ती दलहरुसँग छलफल गर्नु पर्ने अवस्था छ । त्यस कारण यो चैं चुनाव पश्चातको कुरा हो । सहमतिका कुराहरु, मिलन विन्दुका कुराहरु आए एक ढंगले एकीकरणको दिशामा जान सकिन्छ । जानु पनि पर्छ । त्यस्तो आएन भने पनि वामदलसँग सहकार्यको काम जारी रहन्छ । अहिले हामी एकीकरणको कुरापट्टी पटक्कै प्रवेश गर्दैनौँ ।  त्यसको निम्ति यो उपयुक्त समय नै होइन । भ्याउन पनि सक्दैनौँ । अहिले सबै एकै पटक गर्न खोज्दा चुनावी तयारी पनि विथोलिन्छ । पार्टी एकताका लागि पनि अभ्यास पुग्दैन । अहिले हामी वाम गठबन्धनसँग चुनावी तालमेलबारे मात्रै कुरा गरिरहेका छौँ ।

पार्टी एकताको अभियानमा सरिक हुन तपाईहरु किन छुट्नु भो, अर्थात् किन ढिला हुनु भो ?
–एमालेको नेतृत्वसँग हाम्रो पहिले नै प्रष्ट कुरा भइसकेको थियो कि, अहिले तत्काल पार्टी एकता सम्बन्धि विषयमा हामी प्रवेश चाहन्नौँ । कारण के भने समयको कमी हो । त्यसरी प्रवेश गरिएयो भने न त एकीकरणको विषयमा गम्भीरतापूर्वक समस्या समाधान गर्नतिर लाग्न सक्छौँ, न चुनावी कार्यमै लाग्न सक्छौँ । नेकपा माले एकतामा प्रवेश गर्ने वेला नै होइन । चुनाव पछि मात्रै हामी यसमा प्रवेश गर्छौँ भनेर एमाले अध्यक्षसँगको वार्तामा हामीले भनेका थियौँ । उहाँहरुको तालमेल र एकताको घोषणा भएको सन्दर्भमा सरिक हुने कुरा पनि थिएनत । उहाँहरुको संयुक्त उद्देश्य । जस्तो, वर्तमानमा चुनावी तालमेल र चुनावपछि एकीकरणको प्रतवद्धता सम्बन्धि जुन घोषणा छ । त्यसमा एक ठाउँमा उहाँहरुले उल्लेख गर्नु भएको छ । नयाँ शक्ति पार्टी अन्य वाम पार्टीहरुको तालमेलमा छोडिने सिटहरु बाहेक अन्य स्थानहरुमा संयुक्त रुपमा ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादीले लिने गरी उहाँहरुले लेख्नु भएको छ । भन्नुको अर्थ तालमेलको गुञ्जायस छ । उहाँहरुले पनि त्यसलाई स्वीर्नु भएको छ । हामीले यो कुरा पहिले नै खुलासा गरिसकेका हौँ । यो उहाँहरुलाई जानकारी भएको विषय होइन । सम्भवतः त्यस्तै कारणले उहाँहरुले अन्य दलहरुसँगको तालमेलमा गएका सिटहरुबाहेकका सिटमा ६०–४० बाँड्ने भन्ने कुरा लेख्नु भएको होला । हाम्रो विषय तालमेलको विषय हो । हामी आफ्नै घोषणा पत्रमा आफ्नै चुनाव चिन्हमा जानेगरी उहाँहरुसँग वातचीत गरिरहेका छौँ । उहाँहरुको गठबन्धन नै हो । हाम्रो तालमेलको कुरा हो । जनसमाजवादी पार्टी र नेकपा माले एउटै चुनाव चिन्हमा चुनावमा जाने तयारी गरिरहेका छौँ । हरिया तारा चिन्हमा हामी दुई दल चुनाव लड्दै छौँ । हामी दुई वटा पार्टीको संयुक्त घोषणा पत्र हुने हो ।
अब तपाईहरुलाई अहिलेको वाम गठबन्धन अर्थात् पार्टी एकीरणको अभियानमा सहभागि भएको देख्न पाइन्छ कि पाइँदैन ?
–हामीले त २०७० साल देखि नै, देशका विभाजित कम्युनिष्ट पार्टीहरुका बीचमा सिद्धान्तनिष्ठ एकीकरणका निम्ति काम गरिनु पर्दछ भनेका थियौँ । र, यस्तो एकीकरण भएर २०८० सम्म यसको महत्वपूर्ण लक्ष्य पूरा भइसक्नु पर्दछ । आधारभूत रुपमा एकीकरणको काम गरिसक्नु पर्दछ भन्ने हाम्रो आफ्नै मान्यता हो । त्यसपछि पनि हामीले ठूलादलहरुसँग पत्राचार गरेर सैद्धान्तिक राजनीतिक र रणनीतिक विषयमा मत भिन्नताको वारेमा छलफल गर्न अनुरोध गरेका हौँ । यद्यपि, यी ठूला दलले त्यसलाई महत्व दिएनन् । एकता भएन हाम्रो । एक पटक, एमाले नेता माधव नेपाल र अरु साथीहरु आउनु भो । यताबाट म लगायत अन्य साथीहरु बसेर एक चरण हामीले कुरा गरेका हौँ । त्यो भन्दा अघि त्यो प्रयास गएन । अहिले ठूला दलहरुनै एकीकरण गर्ने भनेर प्रतिवद्ध बनेका छन् र त्यसको निम्ति संयोजन समिति बनाएका छन् । एकीकरणको काम त्यति सजिलो होइन । उनीहरुबीच पनि सैद्धान्तिक, राजनीतिक र संगठनात्मक नीति लगायत विषयहरुमा पनि मतभिन्नताहरु होलान् । ती विषयहरु एकता र एकीकरणका क्रममा आइपर्छन् । छलफल हुन्छ । त्यसपछि उहाँहरुले महसुस गर्नु हुन्छ कि अरु पार्टी एकीकरण गर्दा सैद्धान्तिक राजनीतिक, सांगठनिक समस्याहरु पनि आइपर्ने रहेछन् । अरु पार्टीहरुसँग पनि एकीकरणमा जाने हो भने, यस्ता विषयमा छलफल गर्नु पर्दो रहेछ । भन्ने ज्ञान खुल्ने छ । हामी चुनावपछि उहाँहरु ईच्छुक हुनुहुन्छ भने हामी त ईच्छुक छौँ नैँ । पार्टी एकीकरणका लागि कतिपय विषयमा रहेका मतभिन्नताहरुलाई लिएर उहाँसँग छलफल हुनेछ । हामीलाई आशा गर्र्छौँ कि यो क्रममा सहमति जुट्ने छ । समान धारणा पैदा भयो भने एकीकरणको दिशामा बढ्ने छाैँ, भएनन् भने पनि हामी सहकार्य गर्दै अगाडि बढ्ने छौँ ।

अहिले तपाईहरु बाहिर रहँदा, जनमोर्चा र मसाल लगायत वाम शब्द जोडिएका दलहरु बाहिर रहँदा यो गठबन्धनलाई वाम गठबन्धन भन्न मिल्छ ?
–यो चुनावी गठबन्धन हो । वाम गठबन्धन होइन । मैले जानकारी पाएसम्म मसालहरुले पनि एमाले गठबन्धनसँग चुनावी तालमेल हुने कुरा छ । चुनावी तालमेलका लागि हामी पछि छलफल गरिरहेका छौँ । वामपन्थी देशभक्तहरुसँग चुनावी तालमेल हुने कुरा छ । जहाँ पार्टी एकीकरणको कुरा छ । त्यो त सिद्धान्त, मूल्य, मान्यता, दृष्टिकोण मिल्नेहरुसँग चुनावपछि हुने बहसपछि क्रमशः हुने कुरा हो । अहिले एमाले, माओवादी र नयाँ शक्ति जुट्नु महत्वपूर्ण आइसब्रेक हो । पार्टी एकता प्रक्रियामा प्रवेश गरेपछि समीक्षाका धेरै कुराहरु आउने छन् । त्यसपछि उहाँहरुले के बोध गर्नु हुन्छ भने पार्टी एकीकरण त्यति सजिलो विषय होइन । एक बाटा अर्काको डोकामा पस्ने कुरा होइन रहेछ भन्ने बुझ्नु हुने छ । यसमा सैद्धान्तिक राजनीतिक मतभिन्नतालाई हल गर्नु पर्ने रहेछ भन्ने बुझ्नु हुनेछ । अरु दलसँग पनि त्यस्ता विषयमा छलफल होलान् । अहिलेसम्म ति दलहरुले यो ज्ञान देखाएका थिएनन् । एकता भनेको, पार्टी एकीकरण भनेको ती ठूला दलहरुको डोकोमा अरुदलका मान्छेहरु हामफालेर पस्ने कुरालाई नै उहाँहरुले पार्टी एकीकरण ठान्दै आउनु भएको थियो । त्यो झुठा रहेछ, गलत रहेछ, त्यो अवास्तविक रहेछ, उहाँहरुलाई बोध हुनु पनि खुसीको कुरा हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ