arrow

एसियाली पूर्वाधार विकास बैंकको बोर्डमा नेपाल

logo
प्रकाशित २०७२ माघ २ शनिबार
FM-Paudel.jpg.jpeg
काठमाण्डौ । चीनको बेइजिङमा भईरहेको एसियाली पूर्वाधार विकास बैंकको सम्मेलनबाट नेपाल बैंकको सञ्चालक समितिको सदस्यमा छानिएको छ । सञ्चालक समितिमा एसियाबाट नौ देश र गैह्र क्षेत्रीय(एसियाबाहेक) देशबाट दुई गरी ११ देश बैंकको सञ्चालक समितिमा छानिएका हुन् ।
 
बेइजिङबाट अर्थमन्त्रालय सम्बद्ध अधिकारीहरुले दिएको जानकारी अनुसार एसियाबाट नेपालसहित चीन, युएई, इन्डोनेसिया, अष्ट्रेलिया, रसिया , भारत, दक्षिण कोरिया र टर्की तथा एसियाबाहेकका मुलुकहरुबाट संयुक्त अधिराज्य बेलायत र जर्मनी एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समिति सदस्य रहेका छन् ।सम्मेलनमा सहभागी ५७ देशका मन्त्री तथा प्रतिनिधिहरुले संयुक्त रुपमा स्विच अन गरी बैंकको उदघाटन गरेका थिए । त्यस अघि चीनका राष्ट्रपति सि जि पिङले बैंकको व्यानरको अनावरण गर्नु भएको थियो ।
 
सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसियाली पूर्वाधार विकास बैंंकमार्फत भौतिक आवश्यकता पूरा गर्दै सामाजिक, आर्थिक विकासका निम्ति नेपाल सक्रिय रुपमा सहभागी हुने बताउनु भयो । उहाले, नेपाल यो बैंकको गतिविधिमा सघन ढंगले सहभागी हुने उल्लेख गर्दै बैंकको स्थापनाले एसियाको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नु भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ