arrow

काँग्रेसको सिफारिसमा परेका इन्जिनियरहरु को को हुन् ?

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
nea-engineers.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेसको शुभेक्छुक संस्था तथा लोकातान्त्रिक ईन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)ले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नो तर्फबाट उमेद्वारहरु सिफारिस गरेको छ ।

सिडेनले प्रतिनिधि सभा तर्फ समानुपातिक प्राणालीका लागि पाँच जना र प्रत्येक प्रदेशका लागि समेत बढिमा तीन जना उमेद्वार सिफारिस गरेको संस्थाका कोषाध्यक्ष प्रेम चन्द्र रायले जानकारी दिए।

सिडेनले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिक उमेद्वारका लागि योजना आयोगका सदस्य प्राध्यापक हिरेन्द्र मान प्रधान, नेपाल ईन्जिनियर्स एशोसियसन तथा सिडेनका पुर्व अध्यक्षद्वय किशोर शाक्य तथा प्राध्यापक सरोज देवकोटा छन्। यस्तै नेपाल ईन्जिनियर्स एशोसियसनका पुर्व उपाध्यक्ष दिलिप कुमार झा तथा टिम्बर कर्पोरेशनका पुर्व अध्यक्ष बिरेन्द यादव समानुपातिक तर्फ सिफारिस हुनु भएको छ ।

त्यसै गरि प्रदेश सभाको समानुपातिकतर्फ सिडेनबाट प्रदेश न. १ -आदित्य ढकाल, प्रदेश न. २ – प्रेम चन्द राय, प्रदेश न. ३  -बिप्लव खडका, धनेन्द्र के सि, रोशन राज गिरि, प्रदेश न. ४- भोजराज तिवारी, सुदर्शन  शर्मा, प्रदेश न. ५ –संजय पाण्डे, कृष्ण पोखरेल, अर्जुन मोतरा, प्रदेश न.६- मेली शाह, प्रदेश न. ७- बिरेन्द्र खड्का रहेका छन्। 

जिल्लाबाटै सिफारिसमा परेका ईन्जिनियरहरु
यस बाहेक अन्य केहि चर्चित अनुहारहरु नेपाली काँग्रेस जिल्ला समितिहरुबाटै सिफारिसमा परेका छन् ।

यसरी सिफारिसमा पर्नेमा योजना आयोगका सदस्य तथा काठमाण्डौं ईन्जिनियरिङ कलेजका अध्यक्ष प्राध्यापक हिरेन्द्रमान प्रधान काठमाण्डौबाट,  पुर्ननिर्माण प्राधिकरणका सिईओ डा. गोबिन्द पोखरेल प्युठानबाट, नेपाल बिद्युत प्राधिकरणका पुर्व निर्देशक मुकेश काफ्ले महोत्तरीबाट, संसद सकलदेव सुतिहार सप्तरीबाट, संसद तथा नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष रंजित कर्ण सप्तरीबाट र थापाथली क्याम्पसका प्राध्यापक दिनेश प्रसाद भट्ट बैतडीबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यपदका लागि सिफारिस भएको सेन्टर फ़र डेमोक्रेटिक ईन्जिनियर्स नेपालका केन्द्रीय सदस्य संजय पाण्डेले जानकारी गराए। 

साथै संस्थाका महासचिव दिपेश बिष्ट काठमाण्डौ क्षेत्र नं.१० क बाट र नेपाल ईन्जिनियर्स एशोसियसनका कोषाध्यक्ष सुसन बैद्य काठमाण्डौ क्षेत्र नं.६ क तर्फ प्रदेश सभाका लागि प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

जिल्लाबाटै समानुपातिकका लागि सिफारिसdमा परेका ईन्जिनियरहरु

यस्तै नेपाल ईन्जिनियर्ष एशोसियसनका निवर्तमान अध्यक्ष धु्र्व राज थापा, नेपाल ईन्जिनियरिङ्ग काउन्सिलका पुर्व अध्यक्ष सालिग्राम सिंह, मि.अशोक कुमार शाहा लगायत पनि सिफारिसमा परेको जानकारी पाण्डेले गराए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ