arrow

७५ औँ बर्षमा अमिताभ : शशि कपुरले बलिउडमा गराए स्थापित

कपूरले मर्न दिएनन् बच्चनलाई

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
shashi-kapoor_1507722227.jpg

एजेन्सी । बुधबार अमिताभ बच्चन आफ्नो ७५ औं जन्मदिन मनाउदैछन् ।  ७५ बर्षीय अमिताभले शशि कपूरसँग करीब १२ बटा चलचित्रमा अभिनय गरेका छन् । दुवैले पहिलो चलचित्र सन् १९७४ मा  'रोटी कपडा ओर मकान' मा अभिनय गरे । तर केहि  बर्ष पछि  अमिताभले कन्ट्रयाक्टमा डबल हिरो भएको चलचित्र भए शशि कपूरसँग मात्र काम गर्ने बताए । उनले चलचित्र निर्देशक राकेश कुमारको  'दो ओर दो पांच' चलचित्रबाट सो प्रस्ताव राखेका हुन् । चलचित्र सन् १९८० मा रिलीज भएको थियो ।


चलचित्रको एउटा  सीन मुम्बईको सी रक होटलमा सुटिङ गरिएको थियो । सो समय अमिताभलाई स्वास प्रस्वस सम्बन्धि समस्या थियो ।  सुटिङको क्रममा अचानक अमिताभलाई दमको संक्रमण भयो र उनि सहन नसक्ने अवस्थामा पुगे । सो समय शशि कपूर मद्दत गर्न नपुगेको भए अमिताभलाई जे पनि हुन सक्नेथियो।
 
सो घटनापछि अमिताभले दुई  हीरोको भुमिका भएको चलचित्रमा शशि कपूरलाई राख्न भने । निर्माताहरुले पनि अमिताभको मागलाई पुरा गरे ।  सो समय अमिताभ कन्ट्याक्ट पेपरमा निर्माताहरुलाई  हस्ताक्षर गर्न लगाउथे ।
 
 'दो ओर दो पांच' पछि अमिताभ र शशिले सन् १९८० मा 'शान' , १९८१ मा  'सिलसिला' र १९८२ मा  'नमक हलाल' जस्ता चर्चित चलचित्रमा सँगै काम गरे ।

अमिताभले एक अन्तर्वार्तामा सात चलचित्र फ्लप भएपछि आफु मुम्बई छोड्न चाहेको सुनाएका थिए । सोहि समय उनले चलचित्र 'रोटी कपडा ओर मकान' मा अभिनय गर्ने अफर पाए । सोहि समय उनको भेट शशि कपूरसँग भयो र उनको जीवनले नयाँ  मोड  लियो ।

 अमिताभले आफ्नो ब्लगमा चलचित्र 'दीवार'को रिलीजपछि  हरेक जन्मदिनमा शशि कपूरलाई बधाइ दिने गरेको खुलासा गरेका छन् । सन् १९८४ मा शशिको श्रीमति जेनिफरको मृत्यु भएपछि कपुरले मानिसहरुसँग घुलमिल गर्न छोडिदिए । तर सो समय पनि कपुर अमिताभसँग गफ गर्दथिए ।  

अमिताभ बच्चन शशि कपूर भन्दा ४ बर्ष कान्छा हुन् । तर अमिताभको ज्यान ठुलो भएको कारण उनलाई शशिको दाजुको भुमिका दिइन्थ्यो ।अमिताभ आज पनि चलचित्रमा सक्रिय छन् भने शशि कपूर ९० को दशकबाटै बलिउडबाट टाढिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ