arrow

निर्वाचन सामग्री नआउँदा स्थानीय नेता अन्यौलमा

चुनावी चहलपहल भएन

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको आसन्न १३औ महाधिवेशनका लागि स्थानियस्तरका अधिवेशनहरु नजिक आईसक्दा पनि त्यहा पठाउने सामग्रीहरु तयार नहुदा स्थानीय कार्यकर्ता अन्यौलमा परेका छन् । 
 
काँग्रेसको गाँउ तथा नगरको अधिवेशन यही १५ गते हुने तय भएको छ भने निर्वाचन क्षेत्रस्तरको अधिवेशन २२ गते र जिल्ला अधिवेशन २५ गते गर्ने कार्यतालिका बनाएको छ । 
 
केन्द्रीय कार्यालयबाट पठाईएका सामग्रीहरु कतिपय जिल्ला सदरमुकामबाट गाउ सम्म पुग्न हप्तादिन सम्म लाग्ने भएकाले चाडै पठाउनु पर्ने स्थानीय नेताहरुको माग छ । 
 
निर्वाचन सामग्रीहरु अधिवेशन हुनु भन्दा केहीदिन पहिले नै आउनु पर्ने भएपनि निर्वाचनको दिन सम्म पनि ठाउमा नपुग्ने हो की भन्ने आशंका देखिएको पार्टीका केन्द्रीय सदस्य तथा हुम्लाका सांसद जीवन बहादुर शाहीले बताए  । “हाम्रो जस्तो दर्गम जिल्लाका गाउ गाउमा पुग्न एक हप्ता सम्म लाग्छ, अहिले त हिउँले अझ गाह्रो बनाएको छ, गाउस्तरका अधिवेशन कसरी गर्ने हो भन्ने चिन्ता भएको छ,” शाहीले भने । 
 
शाही बाहेक अन्य जिल्लाका नेताहरुले पनि गाँउमा निर्वाचन सामग्री पठाउन ढिला भएकोमा चिन्ता र गुनासो गरेका छन् । 
 
अधिवेशनका लागि पार्टीले केन्द्रबाट क्रियाशिल सदस्यहरुको नामावली, उमेदवारी फाराम, पर्चा, पम्प्लेट, झण्डा लगायतका प्रचार प्रसार सामग्री पठाउनुका साथै केन्द्रीय निर्वाचन समितिले केन्द्रीय प्रतिनिधि खटाउनु पर्ने हुन्छ । तर अहिले सम्म पनि ति सामग्रीहरु र केन्द्रीय प्रतिनिधि कहिले पठाउने भन्ने निधो हुन सकेको छैन। 
काँग्रेस केन्द्रीय कार्यालयका कार्यलय सचिव प्रदिप पराजुलले क्रियाशिल सदस्यहरुको नामावली वैवसाइट राख्ने तयारी भईरहेको बताएपनि कहिले सम्म राखिन्छ भन्ने एकिन गर्न सकेनन् । त्यसैगरी स्थानीयस्तरमा पठाउनु पर्ने पर्चा पम्प्लेट, उमेदवारी फाराम लगायतका सामग्रीहरु छाप्ने काम भईरहेको पनि उनले बताए । 
 
निर्वाचन समितिले भने क्रियाशिल सदस्यताको अन्तीम नामावली तयार भएपछि निर्वाचन प्रतिनिधि तोक्ने तयारी गरेको छ । समितिले आन्तरिक रुपमा तयारी गरिरहेको समितिका सदस्यहरुले बताएका छन् । काँग्रेस केन्द्रीय समितिले बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीको नेतृत्वमा निर्वाचन समिति बनाएको छ । 
 



नयाँ