काठमाडौं । सद्भावना अध्यक्ष राजेन्द्र महतो काठमाडौं ओर्लिएका छन् । नेपाल एयरलाइन्सको विमानबाट महतो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए । महतोलाई स्वागत गर्न महामन्त्री मनीष सुमन लगायत मोर्चा कार्यकर्ताहरु विमानस्थल पुगेका छन् । यसअघि महतोले मधेस समस्या समाधान नभए सम्म काठमाडौं नफर्किने बताएका थिए ।
महन्थ दिल्ली जाँदै
सद्भावना अध्यक्ष राजेन्द्र महतो काठमाडौं फर्किदाँ तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर दिल्ली जाँदैछन् । ठाकुर अपरान्ह ४ बजे दिल्ली जान लागेका तमलोपा कार्यालयले जानकारी दिएको छ । ठाकुर उपचारका लागि जाने बताइएपनि महत्वपूर्ण समयमा दिल्ली जानुलाई अर्थ पूर्ण मानिएको छ । उपचारका लागि मेदान्तमै जान लागेका ठाकुरले राजनीतिक भेट नगर्ने बताएपनि भेटघाट हुने स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गम्भीर समस्या भए यसअघि नै दिल्ली जानु पर्दथ्यो । महतो फर्किएपछि जानु अर्थपूर्ण छ । मंगलबार मात्रै शीर्ष तीन दलले मधेस समस्या समाधानका लागि महत्वपूर्ण निर्णय गर्ने तयारी गरेका छन् ।