विराटनगर । मोरङ जिल्लामा निर्वाचनक्षेत्र पुर्वाधार विकास तथा निर्वाचनक्षेत्र विकास कार्यक्रम अन्तर्गत साढे १८ करोड बराबरको ३ सय विकास निमार्णका योजना संचालनमा आउने भएका छन् । प्रत्यक्ष निर्वाचनमा चुनिएका संसद तथा समानुपातिक सासंदलाइ उपलव्ध गराइएको रकमबाट योजना छनौट भएको हो । योजना संचालनका लागि सांसदहरुले आ–आफनोक्षेत्रमा गएर योजना छनोटगर्ने कार्य समेत सम्पन्न गरिसकेका छन् । छनोट भएका योजनाको काम यसैवर्ष सम्पन्न गर्नुपर्ने भएकाले जिल्ला विकास समितिले रकम निकासाका गर्नका लागि प्रक्रिया प्रारम्भ गरिसकेको छ ।
सरकारले निर्वाचन क्षेत्र विकासका लागि प्रत्यक्ष निर्वाचित एक जना सांसदलाइ डेढ करोड रुपैया तथा समानुपातिकबाट चुनिएका एक जना सभासदलाई २० लाख रुपैया उपलव्ध गराएको छ । सो रकमबाट प्रत्यक्ष निर्वाचित सांसदले आफनो क्षेत्रमा १५ वटा र समानुपातिक सांसदले १२ बटा योजना छनोटगर्न पाउने प्रावधान रहेको जिल्ला विकास समिति मोरंङका योजना अधिकृत डम्वरुप्रसाद बरालले बताए ।
सांसदहरुले आ–आफ्नो क्षेत्रमा सडक, खानेपानी, खोला तटबन्ध, पुलपुलेसा निमार्ण तथा विद्युत विस्तार, विद्यालयको भवन तथा मठ मन्दिर निमार्ण लगायतका भौतिक पुर्वाधार जस्ता योजना छनोट गरेका छन् । पुुस मसान्त सम्ममा योजना छनोट गरि सक्नुपर्ने समय थियो । पुस मसान्तभित्र मोरङका ३६ सांसद योजना छनौट भई जिल्ला विकास समितिमा बुझाइएका छन् ।
सांसदको योजना छनोट भएसंगै मोरङ जिल्लामा विकास निमार्णले थप गतीलिने स्थानिय विकास अधिकृत नारायणप्रसाद मैनालीले बताए । जनताकोबीचमा गएर जनतकाको चाहना अनुसार योजना छनौट भएपछी त्यस्ता योजनाले प्रत्यक्ष रुपमा जनतालाइ फाइदा पुग्ने स्थानिय विकास अधिकारीको भनाइ छ । छनोट भएका योजनालाइ पूर्णरुपले कार्यान्वयन गर्न आफुहरु प्रतिबद्ध रहेको मैनालीले सुनाए । आ–आफनोक्षेत्रमा सांसद पुगेर योजना छनोट गरेपछी स्थानिय वासिन्दा समेत उत्साही भएका छन् ।