शरद रेग्मी, दाङ। नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अंगिकृत नागरिकताधारीलाई नेपालको सर्वोच्च पद कदापी स्वीकार्य नहुने वताएका छन्। रिपोटर्स क्लव दाङले तुलसीपुर आयोजना गरेको साक्षात्कारमा नेता कोईरालाले सबै देशको आफ्नै नियम हुने हुँदा अंगिकृत नागरिकताधारीलाई मुलुकको संवैधानिक पदहरु दिन नसकिने वताएका हुन्। तर उनले काठमाडौंले मधेसी मोर्चालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको वताए। उनले भने ‘मधेसी मोर्चाका मागहरु सम्वोधन नगर्ने हो भने देशले झनै विकराल समस्या भोग्ने छ। उनीहरुका जायज मागहरु सम्वोधन गरिनुपर्छ।’
मधेश पनि नेपाल भएको र मधेसीमा राष्ट्रियताको सवाल झनै छ भन्ने बुझ्नु जरुरी रहेको उल्लेख गर्दै उनले मोर्चाले राखेका ११ बुँदे माग मध्ये प्रमुख मागहरु ४ बुँदा मात्रै रहेको उल्लेख गर्दै समानुपातिक समावेशीताको आधारमा अगाडी वढ्नुपर्ने वताए। उनले १३औं महाधिवेशनले ६० र ४०को गुटवन्दी अन्त्य हुन्छ काँग्रेस नेता कोईरालाले आसन्त १३औं महाधिवेश बाट राष्ट्रियतालाई मजवुद र लोकतन्त्रलाई सुद्धिढिकरण गर्ने नेतृत्व आउनुपर्ने बताएका छन्।
पार्टी भित्रको गुट उपगुटले पार्टी कमजोर बनेको तर्क गर्दे उनले अबको अधिवेशन एकताको अधिवेशन वनाउन जरुरी रहेको वताए। उनले भने ‘मलाई सुशीलपनि चाहिएको छैन, शेरवहादुरजी पनि चाहिएको छैन म पार्टी भित्रको गुटगत राजनीति अन्त्य भएको हेर्न चाहान्छु ।’ उनले हिन्दु राष्ट्रको सवालमा सवै पार्टीको शिर्ष नेतृत्व चुप लाग्नु गतल भएको वताए। ८५ प्रतिसत हिन्दुहरुको वसोवास रहेको राष्ट्रमा नेताहरु चुप लाग्नु गतल हुने उनले वताए । उनले संविधान संशोधन गर्दा काँग्रेसले मधेस भन्ने शब्द मात्रै उल्लेख भएकोले थारु र मुसलमान पनि उल्लेख गराउन चाहेको वताए । उनले भूगोल र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने तर्क गरे ।