arrow

साउदीमा कपिलबस्तुका एक कामदारको हत्या

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
saudi.jpg.jpeg
मणि प्रसाद गैहे्ररे, कपिलबस्तु ।साउदी अरबमा एक नेपाली कामदारको हत्या भएको छ । कपिलबस्तु जिल्ला पकडि गाबिस वार्ड नं. ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको हत्या भएको हो । मुसलमानको यहि पौष ३० गते बङगलादेशी कामदारहरुको ५ जनाको समुहले हत्या गरेको मृतक कामदारका नेपाली साथीहरुले नेपालमा रहेका मृतकका दाजु मुहम्मद इसहाकलाइ जानकारी दिएका थिए ।
 
साउदी स्थित अलियमामा कम्पनीमा कार्यरत मुसलमानलाइ हत्या गरेका बंगलादेशीहरुलाइ स्थानीय प्रहरिले नियन्त्रणमा लिएको साउदीमा रहेका उनका दाजु हजरत बेलालले बताए। मृतक भाइ मोहम्मद इजहार मुसलमान बस्ने स्थानबाट १६०० किलोमिटर टाढाको दुरीमा रहेका दाजु हजरत बेलाल भोली साझंसम्म उक्त स्थानमा पुग्ने बताइएको छ । मृतकको घरपरिवार अहिले शोकमा डुबेको छ ।
 
मृतक मुसलमानको शव स्थानीय अस्पतालमा राखिएको छ । शव सुरक्षित साथ नेपाल ल्याउन र घटनामा संलग्न हत्यारालाइ कडा भन्दा कडा सजाय दिलाउनु पर्ने मृतकका घरपरिवारले माग गरेका छन् । यस ैबिषयमा प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खांले मृतक घरपरिवारले प्रशासनमा निवेदन दिएमा नेपाली दुतावास मार्फत साउदी दुतावासलाइ पत्राचार गरि शव नेपाल ल्याउन पहल गरिने प्रतिबद्धता जनाए । मृतक मुसलमान १४ महिना अघि काठमाडौं स्थित वल्र्ड वाइड इम्पल्वाइड कम्पनी त्रिपुरेश्वरबाट साउदी गएका थिए । मृतकका एक श्रीमती, २ बर्षका एक छोरा र ४ बर्षिय र ६ बर्षिय छोरी रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ