arrow

चुनाव स्थगित गर्न एनआरएनको एक समूह अदालत पुग्दै

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
nrn-logo.jpg

काठमाडौं । गैर आवाशीय नेपाली संघ एनआरएनको चुनाव स्थगित गर्न माग गर्दै संघको एक समूह अदालत जाने अवस्थामा पुगेको छ । चुनावको विषयमा आन्तरिक विवाद चुलिएपछि एनआरएनको एक पक्ष अदालत जाने तयारीमा पुगेको हो । 

अहिले अध्यक्षको लागि प्रतिस्पर्धामा रहेका संघका पूर्व अध्यक्ष शेष घलेकी पत्नी जमुना घले र भवन भट्ट बीच प्रतिस्पर्धा हुँदैछ । यी दुई पक्षबीच हुनलागेको चुनावका प्रतिनिधिलार्इ दिने परिचयपत्रको विषयमा प्रतिनिधि आफैं उपस्थित हुनु पर्ने या त एनआरएनको विभिन्न देशका अध्यक्षहरुले नै प्रतिनिधिको परिचयपत्र लैजान पाउनुपर्ने भन्ने सवालमा कुरा नमिलेपछि अहिले घले पक्षका एनआरएन अमेरिकाका पूर्व अध्यक्ष योगेन क्षेत्री अदालत गएका हुन् । उनले सर्वोच्च अदालतमा अन्तरिम आदेश मार्फत् चुनाव रोक्न माग गर्दै मुद्दा दायर गरेको एक प्रतिनिधिले जानकारी दिए । 

ती प्रतिनिधिका अनुसार अहिले प्रतिनिधिको परिचयपत्र अध्यक्षहरुले लैजाँदा चुनावमा धाँधली हुने भन्दै त्यसो गर्न नहुने पक्षमा भट्ट समूह रहेको छ भने एकमुष्ठ लिएपनि हुनुपर्ने पक्षमा घले समूह रहेको छ । संघका महासचिव बद्री केसी अहिले भट्टको पक्षमा रहेका छन् । 

यदी सो पक्ष अदालत जाने तयारीसँगै संघको चुनाव भने अन्योलमा परेको छ । शनिबार राजधानीको चुच्चेपाटीमा रहेको हायात होटलमा एनआरएनको विश्व सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिईन् । यसरी प्रतिनिधिको विषयमा विवाद चुलिँदै जाँदा एनआरएनको चुनाव भने अन्यौलमा परेको छ । एक पक्ष अदालत जाँदै गर्दा भट्ट पक्षभने अदालतमा मुद्दा दायर नै नगराउने वातावरण बनाउन लागिपरेका छन् । अहिलेको चुनावी माहोल घलेको पक्षमा नदेिखएपछि घले पक्षले यस्तो हर्कत गरेको आरोप पट्ट पक्षको छ ।  

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ