arrow

सोमबार पक्का सहमति जुट्ला त ?

कार्यदलमा एक–एक गरी विषयगत छलफल, संवैधानिक वैधतापछी संवैधानिक अंगको बहस

logo
प्रकाशित २०७२ माघ ३ आइतबार
barta-toli.jpg.jpeg
काठमाडौं । तीन दल र मधेसी मोर्चाको कार्यदल सधेस समस्या समाधान  र सीमाङ्कन हेरफेरको विषयगत सहमति नजिक पुगेका छ ।  कार्यदलको आइतबार बसकेको बैठकले प्रस्तावित राजनीतिक संयन्त्रलाई संवैधानिक वैधता दिन विषयगत छलफल गरेको छ । यसअघि, मोर्चासंगको वार्ताका क्रममा तीन दलले संविधान संशोधन र सीमाङ्कनबारे हेरफेर गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने प्रस्ताव गरेका थिए । मोर्चा सहमत नभएपछि कार्यदल नै गठन गरेर विषयगत छलफल थालिएको हो । 
 
नयाँ छलफल भएको छैन । पहिलेकै विषयमा छलफल भएको हो । कार्यदल सदस्य तथा कांग्रेस नेता महेश आचार्यले हाम्राकुरासंग भने,‘सोमबार सम्ममा सहमतिको प्रयास गर्ने छौं ।’ एक–एक गरेर विषयगत रुपमा सहमति नजिक पुगेका छौं । केही विषयमा अझै आ–आफ्ना शीर्ष नेतासंग परामर्श गर्नु पर्ने भएकाले निर्णय तहमा पुग्न समय लाग्ने आचार्यले बताए । सोमबार समेत कार्यदलको बैठक बस्नु अघि आ–आफ्ना दलका नेतासंग परामर्श गर्ने आचार्यले जानकारी दिए ।  
 
एक–एक गरी विषयगत रुपमा सहमति जुट्न लागेको भनिएकामा यसअघिका बैठकले प्रस्तावित राजनीतिक संयन्त्रलाई संवैधानिक वैधता दिने समझदारी जुटाएको र आइतबारको बैठकमा संविधानकै अंग बनाउनेबारे छलफल भएको हो । मोर्चाको माग सम्बोधन गर्न  संविधानकै  अनुसुचिमा राजनीतिक संयन्त्रबारे उल्लेख गरिने बुझिएको छ । यद्यपि, कार्यदल सदस्यहरुले हाल सम्म भएका विषयगत छलफललाई सोमबार दिउँसो ३ बस्ने कार्यदल बैठकबाट टुंगो लगाउने प्रयास गर्ने बताएका छन् ।   
 
मधेसी मोर्चाका कार्यदल सदस्यहरुले छलफल गम्भीरता तर्फ बढेकाले सहमति जुट्ने आश गरेका छन् । कार्यदल सदस्य तथा तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले बैठक सकारात्मक भएको जानकारी गराए । त्रिपाठीले सोमबारको बैठक अझ गम्भीर र महत्वपूर्ण हुने बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ