arrow

मेरो उम्मेदवारी महामन्त्रीमा : गगन थापा

logo
शरद रेग्मी
प्रकाशित २०७२ माघ ३ आइतबार
gagn1.jpg.jpeg
दाङ । नेपाली काँग्रेसका  केन्द्रीय सदस्य गगन थापाले कांग्रेसको १३ औं महाधिबेशनमा युवा पुस्ताले महामन्त्रीमा उमेद्वारी दिने बताएका छन्। दाङको घोराहीमा रिपोर्टस क्लव नेपाल दाङ शाखा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीका निर्णायक तहमा पदाधिकारीको भूमिका हुने भएकाले युवा पुस्ताले महामन्त्रीमा दावी गर्ने बताए।
 
आफ्नो पुस्ताका अरु नेताहरु तयार नभए आफू महामन्त्रीमा उमेद्वारी दिन आफू तयार रहेको उनले घोषणा गरे। साक्षात्कारमा वोल्दै युवा नेता थापाले अघिल्लो पुस्ताका सबै नेताहरुले सभापति नै ताकिरहेकाले युवा महामन्त्री युवा पुस्ताकै हातमा आउने सम्भावना बढेको बताए । हाल सभापति, उपसभापति रहेका नेताहरु पार्टीको अभिभावकको रुपमा रहनुपर्ने र अहिले महामन्त्री रहेका नेताहरु सभापति जानुपर्ने धारणा उनको थियो  ।
 
काँग्रेसमा नयाँ सदस्य भित्र्याउन निकै कडाइ गर्ने र भित्रिएकाहरु आजिवन पद्मा रहने संस्कार अन्त्य हुनुपर्ने धारणा थापाले राखे । कार्यकारी पदमा उमेरको हदबन्दी कायम गर्न आबश्यक रहेको थापाले बताए । त्यसैगरि उनले हाल पार्टी गुटहरुको संघ जस्तै भएको भन्दै  पार्टीमा फरकमत हुनु स्भाविक भएपनि त्यसलाई अन्त्य गर्नुपर्ने उनको सुझाव थियो ।
 
उनले हाल नेपालका सवैपार्टीहरु गुट, उपगुटमा लागेको भन्दै त्यसले पार्टीलाई राम्रो नगर्ने बताए। एक अर्को प्रशंगमा उनले पार्टीमा उमेर हदवन्दी हुनुपर्ने बताए । 



नयाँ