arrow

संघ र प्रदेश चुनावमा २० प्रतिशत मतदाता घट्ने

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
Jumla_District.png

जुम्ला ।  आसन्न मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेशको चुनावका लागि जुम्ला क्षेत्र नं २ सिंजा भेकमा २० प्रतिशत मतदाता घट्ने देखिएको छ । 

तिहारलगत्तै सिंजा भेकका सबै पुरुष पारिवारिक जीविकोपार्जनका लागि व्यापार व्यवसाय गर्न वर्षेनी भारतीय भूमिमा जाने संस्कार छ । यो संस्कारलाई यसपटकको संघ तथा प्रदेशको चुनावले रोक्न सक्ने अवस्था नरहेको कनकासुन्दरी गाउँपालिका १ बुम्रमाडीचौर जुम्लाका स्थानीय व्यापारी भीमबहादुर भण्डारीले जानकारी दिए । 

“वर्षेनी सिंजावासीलाई भारतीय भूमिमा जानु रहर नभई बाध्यता हो, चुनावका लागि रोकिनेहरु कमाउनबाट वञ्चित हुन्छन्, त्यही समस्याले उनीहरुलाई पिरोल्छ”, उनले भने । चुनावका लागि पर्खिंदा रोजीरोटीको सुनिश्चितता नहुने भएकाले ५० प्रतिशत पुरुष यतिबेला बाहिरने उनको भनाइ छ । उनका अनुसार महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्र घरमा हुन्छन् । 

कनकासुन्दरी २ का स्थानीय मोतीलाल रावतले सिंजालीहरुको आम्दानीको मुख्य स्रोत नै व्यापार भएकाले यो समय चुकाउन नहुने बताए । उनका अनुसार सिंजालीहरु यो याममा हिङ, सिलाजित, गलैँजा व्यापारबाट एकजनाले तीन महिनामा९० हजारदेखि  चार लाखसम्म आम्दानी गर्छन् । जुम्ला क्षेत्र नं २ मा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका पर्छन् । 

जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले हाल जुम्लामा कूल मतदाता संख्या ५९ हजार ५८ रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ