arrow

मोर्चाले स्विकारेको काँग्रेस नेताहरुको संविधान संसोधनमा के छ?

विमलेन्द्र, डा. मीनेन्द्र र फरमुल्लाहले दर्ता गरेका थिए संसोधन प्रस्ताव

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
Congres-FNL.jpg.jpeg
काठमाडौं। कांग्रेसको संविधान संसोधन प्रस्तावमा मधेशी मोर्चाले समर्थन जनाएको छ। मधेसी मोर्चा संविधान संशोधनका लागि कांग्रेस नेताहरु विमलेन्द्र निधी, डा. मीनेन्द्र रिजाल र फरमुल्लाह मन्सुरले दर्ता गराएको परिमार्जन प्रस्ताव पारित गर्नुपर्ने पक्षमा उभिएको हो। संसदमा प्रस्ताव दर्ता गराउनुअघि निधी र रिजालले तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी र सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णसँग समेत अनौपचारिक छलफल गरेका थिए। सो प्रस्तावलाई सद्भावना महामन्त्री मनीष सुमनले पनि सकारात्मक रहेको बताए। दलहरुबीच सहमति भएपछि यो प्रस्ताव पारित हुने देखिएको छ। 
 
के छ काँग्रेस नेताहरुको प्रस्तावमा?
विमलेन्द्र निधिको प्रस्तावमा संविधानको धारा २८६ को उपधारा ५ लाई परिवर्तन गरी ‘जनसंख्यालाई प्रतिनिधित्वको मुख्य आधार मानी जनसंख्या र सदस्य संख्याबीचको अनुपात यथासम्भव समान हुनेगरी निर्धारण गर्नेछ’ भन्ने उल्लेख छ। 
 
मीनेन्द्र रिजालको प्रस्तावमा ‘धारा २८६ को उपधारा ५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धाराबमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा धारा ८४ को उपधारा १ (क) को अधीनमा रही जनसंख्यालाई प्रतिनिधित्वको मुख्य आधार र भूगोललाई प्रतिनिधिको सहायक आधार मानी प्रत्येक प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गर्नेछ । प्रदेशभित्रका प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहनेछ’भन्ने उल्लेख छ। 
 
फरमुल्लाह मन्सुरको प्रस्तावमा धारा ४२ (१) लाई संशोधन गरी आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति, पिछडिएका वर्ग, लैंगिक संख्या, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस–आर्यलाई समानुपातिक समावेशीको सिद्धान्तका आधारमा राज्यको संरचनामा सहभागी गराउने’ उल्लेख छ। संविधानमा युवा, किसान, श्रमिक, विपन्न, मजदुरलाई पनि समावेशी सिद्धान्तका आधारमा सहभागी गराउने उल्लेख छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ