arrow

बीएनसीसीले साताव्यापी अभियान सञ्चालन गर्ने

नेपाल र बेलायत सम्बन्धको २ सयौं वर्ष गाँठको अवसर पारेर बीएनसीसीले साताव्यापी अभियान सञ्चालन गर्न लागेकाे हाे ।

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
Snap.jpg.jpeg
काठमाडौं । नेपाल र बेलायत सम्बन्धको २ सयौं वर्ष गाँठको अवसर पारेर ब्रिटेन नेपाल चेम्वर अफ कमर्स (बीएनसीसी)ले नेपाल र बेलायतको व्यवसायीक सम्बन्ध थप मजबुत बनाउन आगामी मार्च १४ देखि साताव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।  

बीएनसीसीले आगामी मार्च १४ देखि एक साता नेपालका विभिन्न व्यवसायीक एवं प्रतिनिधिमुलक संस्थाहरुसँग नेपाल र बेलायतको व्यवसायी सम्बन्ध थप मजबुत बनाउने उदेश्यले छलफल गर्न लागेको बताएको छ ।  त्यस अवसरमा नेपाल व्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रि, नेपाल उद्योग वाणिज्य महासंघ, डीएफआईडी, इन्भेष्टमेन्ट बोर्ड अफ नेपाल, नेपालका निजी क्षेत्रका अन्य प्रतिनिधि, नेपालस्थित बेलायती दुतावासका कर्मचारीहरुबीच नेपाल र बेलायतको व्यापारिक एवं व्यवसायीक सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल हुने बीएनसीसीका अध्यक्ष राजन कँडेलले बताए ।

नेपालमा बेलायतका व्यवसायीहरुको लगानी भित्र्याउन पनि यो अभियानले सहयोग पुग्ने आशा गरिएको छ । नेपालमा लगानीको प्रशस्त अवसर भएको र नेपालमा जहिलेसुकै लगानी गरे पनि गलत नहुने व्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलले बताए । यद्यपी, नेपाल सरकारले नेपालको कानुनमा समसामयी सुधार गरेर विदेशी लगानीकर्तालाई प्रशस्त लगानीका लागि स्वागत गरिरहेको सन्देश दिनुपर्ने उनको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ