arrow

कुटनीतिज्ञ गौतमको पुस्तकको लोकप्रियता बढ्दो

पुस्तक सार्वजनिक भएको एक महिना बित्न नपाउँदै यसको तेस्रो संस्करण बजारमा आउन लागेको छ ।

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
ypl__lost_in_transition.jpg.jpeg
काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतमको पुस्तक ‘लष्ट इन ट्रान्जिसनःरिब्युल्डिङ नेपाल फ्रम द माओइष्ट मेहेम एण्ड मेघा अर्थक्वेक’ नामक पुस्तक सार्वजनिक भएको एक महिना बित्न नपाउँदै यसको तेस्रो संस्करण बजारमा आउन लागेको प्रकाशक नेपालयले जनाएको छ ।

गत डिसेम्बर १२ मा पुस्तक सार्वजनिक भएपछि लेखक गौतमलाई नेपालसहित मुलुक बाहिरका विभिन्न फोरममा सहभागिताका लागि निम्तो आउने क्रम जारी छ । ‘गौतमको पुस्तक म जस्ता नयाँपुस्ताका लागि रोचक पाठ्यक्रम हो ।’ हालै काठमाडौंमा आयोजित पुस्तकको अन्तरक्रियामा यूएनडिपीका कन्ट्रि डाइरेक्टर रिनाउड मेयेरले भने ।

लेखक गौतमले पनि आफ्नो पुस्तक रुचाइदिएकोमा खुशी व्यक्त गरेका छन् । ‘मेरो पुस्तक प्रति प्राप्त यस्तो प्रतिक्रियाबाट म खुशी छु,’गौतमले भने,‘मैले पुस्तकमा उल्लेख गरेका विश्लेषण मैले पढेर पाएको ज्ञान होईन, मैले यूएनको कर्मचारी भएर द्वन्द्व प्रभावित एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा भएको राजनीतिक परिवर्तनलाई देखेको कुरा प्रस्तुत गरेको हुँ ।’

गौतम मंगलबार भारतको इण्डिया इन्टरनेशनल सेन्टरमा हुन लागेको फोरममा सहभागिताका लागि त्यता जाँदैछन् । जहाँ भारतीय संसदका सदस्य शशी थरुर र नेपालका लागि भारतका पूर्व राजदुत राकेश सुदको पनि सहभागिता रहनेछ । यसबाहेक गौतमले जनवरी २५ मा हुने जयपुर लिटरेचर फेस्टिभलमा पनि सहभागिता जनाउनेछन् । जहाँ भारतीय पत्रकार भरत भुषणले संयोजन गर्ने ‘लष्ट इन ट्रान्जिसनः द नेपाल नेरेटिभ’ विषयको अन्तरक्रियामा नेपालका लागि भारतीय पूर्व राजदुत जयन्त प्रसाद र साउथ एसियन युनिभर्सिटीका एसोसिएट प्रोफेसर मल्लिका शाक्यसँग बहस गर्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ