arrow

परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि

logo
प्रकाशित २०७४ कार्तिक ५ आइतबार
condom-found-in-women-stomach.jpeg

इनरुवा । सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि रहेको पाइएको छ । 

सुनसरीमा अस्थायीदेखि स्थायी परिवार नियोजनका साधन प्रयोगमा महिलाभन्दा पुरुष लजालु हुने गरेकाले महिला परिवार नियोजनमा अगाडि देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । 

सुनसरीको सात वर्षे स्वास्थ्य तथ्यांकअनुसार पुरुषभन्दा महिला परिवार नियोजनको अस्थायी र स्थायी साधन प्रयोग गर्नमा अगाडि रहेको देखाएका छन् । अस्थायी साधन ९८ प्रतिशत महिलाले प्रयोग गरेका छन् भने स्थायी साधन ९९ प्रतिशत महिलाले नै प्रयोग गरेको तथ्यांक छ । जिल्लामा एक हजार ४४१ महिलाले स्थायी बन्ध्याकरण गराउँदा १८ जना मात्रै पुरुषले बन्ध्याकरण गराएको स्वास्थ्य कार्यालयको परिवार नियोजन शाखाको तथ्यांकमा उल्लेख रहेको छ । 

अस्थायी साधनको प्रयोग बढेकाले स्थायी बन्ध्याकरण गराउने क्रम भने घटेको छ । आव २०६७ - ६८ मा एक हजार ४९० जनाले बन्ध्याकरण गराएकामा आव २०७३÷७४ मा आएर ९८७ जनाले मात्रै बन्ध्याकरण गराएको पाइएको छ । 

परिवार नियोजनका अस्थायी साधन पिल्स, डिपो, आयुसिडी, नरप्लान्टलगायतका साधन महिलाले प्रयोग गर्ने भएकाले महिलाको तथ्यांक बढी देखिएको कार्यालयको भनाइ छ । कूल प्रजनन योग्य महिलामध्ये २३ प्रतिशतले मात्रै परिवार नियोजनको साधन प्रयोग गरेको तथ्यांकले देखाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ