arrow

मंगलबारको संसद छोप्न सभामुखलाई दौड, शैयाका श्रीमानको अवस्था सुधार

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
Onsari-gharti.jpg.jpeg
काठमाडौं । मंगलबार बस्ने संसद बैठकलाई मध्यनजर गर्दै सभामुख ओनसरी घर्ती सोमबार साँझ थाइल्याण्डबाट काठमाडौं फर्किदै छिन् । सभामुख घर्ती नेपाल एयरलाइन्सको जहाजमार्फत साँझ ७ः२० पछि काठमाडौं ओर्लिने नीजि सचिव सुरज दुराले हाम्राकुरालाई जानकारी दिए । मंगलबार दिउँसो १ बजे संसद बैठक रहेकाले सभामुख साँझ फर्किन लागेको दुराले बताए । घर्ती एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल दम्पतिसहितको टोलीसंग गत पुस २२ गते बुधबार उपचाररत श्रीमानलाई भेट्न बैंकक प्रस्थान गरेकी थिइन् । दाहाल पार्टी सचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई भेटेर दुई दिन पछि फर्केका थिए । बैंकक स्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका पुनको स्वास्थ्य अवस्था पहिले भन्दा निकै सुधार भएको दुराले जानकारी दिए ।
 
दुराले हाम्राकुरासंग  भने,‘अवस्था सुधारोन्मुख छ, पहिले भन्दा निकै ठिक हुनु भएको खबर आएको छ ।’ सभामुखसंग गएका सबै जना फर्किसकेका छन् । उहाँ एक्लै फर्किन लाग्नु भएको छ– दुराले भने । नेपालमा लामो समय उपचार गराउँदा निको नभएपछि भारतको मेदान्त अस्ततालमा उपचार गराएका पुनको स्वास्थ्य थाइल्याण्ड उपचारपछी सुधार भएको खबर दाहालले यसअघि नै ल्याएको थिए । चिकित्सकका अनुसार विगतमा नेपाल र भारतमा भएको उपचारका क्रममा देखिएको लिभर सम्बन्धी समस्या पूर्णरुपमा सुधार भएको तर, लामो समय बिरामीको कारण प्रतिरोधात्मक क्षमतामा कमि आएकाले पुनको फोक्सोमा संक्रमण देखिएको छ ।
 
यता, दलहरुले मधेसको समस्या समाधान र संविधान संशोधन प्रक्रिया अघि बढाउन मंगलबार महत्वपूर्ण कदम चाल्ने उर्दी जारी गरिसकेका छन् । जसले मंगलबारको संसद बैठक जसरी पनि संचालन गर्नु पर्ने जिम्मेवारी सभामुखलाई छ । महत्वपूर्ण बैठकका लागि भन्दै सभामुख शैयाका श्रीमानलाई छोडेर स्वदेश फर्कदैं छिन्, संसद सचिवालयका उपसचिव सुदर्शन कुँइकेलले हाम्राकुरासंग भने,‘मंगलबार दिउँसो १ बजे संसद बैठक छ, बैठक संचालन अनिवार्य भएकैले साँझ फर्किनु हुन्छ ।’ उहाँसंग कुनै स्वकिय अथवा सदस्य छैनन् । डाक्टर जानु भाथ्यो उहाँ पनि फर्किनु भो । एक्लै पर्किदै हुनु हुन्छ ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ