arrow

गोरखाको लापुमा भाइरल ज्वरोको प्रकोप, एकको मृत्यु, दुईसय भन्दाबढी बिरामी

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
gorkha_district_map.png

गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ लापु गाउँमा एक सातादेखि फैलिएको ज्वरो, रुघाखोकीको प्रकोपले एक जनाको मृत्यु भएको छ । 

दुई सयभन्दा बढी मानिस बिरामी छन् । ५० वर्षीया पनमानी गुरुङको शनिबार बेलुकी निधन भएको हो । गुरुङ एक सातादेखि ज्वरोबाट पीडित थिइन् ।  

गाउँमा घरघरै बिरामी भएकाले उपचार गर्न स्वास्थ्य संस्था पुग्न पनि नसकिएको लापुको शान्ति प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबल गुरुङले बताए । 

“गाउँको स्वास्थ्य संस्थामा एक जना मात्रै स्वास्थ्यकर्मी छन् । बिरामी धेरै भएकाले उपचार गर्न भ्याइनभ्याइ छ । 

स्वास्थ्य संस्थामा पर्याप्त औषधि नभएको गुनासो गर्दै गुरुङले भने, “गाउँमा औषधि र थप स्वास्थ्यकर्मी पठाउन जिल्लामा अनुरोध गरेपनि कुनै सुनुवाइ भएन ।” 

धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप फैलिएको गाउँमा औषधि र स्वास्थ्यकर्मी जिल्लाबाट माग गरिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ