arrow

एनआरएनएका अध्यक्ष भट्टको आग्रह– उज्यालो नेपालमा सहकार्य गरौं 

logo
प्रकाशित २०७४ कार्तिक ६ सोमबार
bhawan_bhatta.jpg

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले उज्यालो नेपाल अभियानको सहकार्यमा सहभागी हुन जापानवासी नेपालीलाई आग्रह गरेका छन् ।  

भट्टको स्वागतमा एनआरएनए जापानका पदाधिकारीले आइतबार गरेको कार्यक्रममा दुई वर्षभित्रमा उज्यालो नेपाल बनाउन सहकार्य आवश्यक भएको भन्दै यसमा सहभागी बन्न आग्रह गरे । 

अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक कर्मभूमि जापान आएका भट्टले हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विचार व्यक्त गरेका हुन् । 

विदेशमा भएका हरेक नेपालीको सपनासँग जोडिएको उज्यालो नेपाल अभियान एनआरएनएको मात्र नभएको भन्दै उनले देश उज्यालो बनाउन २०० मेगावाट विद्युत्को आवश्यक रहेकोले त्यो पूरा गरेरै छाड्ने प्रतिबद्धतासमेत जनाए । 

यस कार्यलाई युग परिवर्तनको संज्ञा दिएका भट्टले ‘नयाँ युगको सुरुआत सबैको एकसाथ’ भन्ने नारा देश बनाउन रचेको बताए । 

यो कार्यमा समग्र जापानवासी नेपालीको साथ सहयोग आवश्यक छ भन्दै भट्टले समग्र नेपालीले रोजेको समृद्ध देश निर्माणमा उज्यालो अभियानको नारालाई सफल पार्न विदेशमा भएका नेपालीको सहकार्य र नेपालमा भएका नेपालीबीच एकता भए असम्भव नरहेको पनि स्पष्ट पारे । 

कार्यक्रममा एनआरएनए जापानका पदाधिकारी र विभिन्न संघसंस्थाका पदाधिकारीले भट्टलाई खादा र दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ