arrow

गगनले भने ' वीपीको सपना शुसिलले पुरा गरे अब पालो हाम्रो '

पहिलो पुस्ताले विश्राम; दोस्रोले काम

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
gagan-thapa.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिकिदै गर्दा काँग्रेसका नेताहरुको देश दौडाहा व्यापक भएको छ। देश दौडाहामा रहेका नेताहरुका महाधिवेशन लक्षित अभिव्यक्तिहरु अहिले आम कार्यकर्ता र शुभेच्छुकहरुका लागि चासोको विषय बनिरहेको छ। कस्ले कहाँ पुगेर के बोलेका छन यो फरक पार्टीसँग सम्वन्धितहरुको लागि पनि त्यतिकै चासोको बिषय बन्दै गएको छ। 
 
काँग्रेस नेता गगन थापाले दाङमा पुगेर दिएको अभिव्यक्ति पनि आम पार्टी कार्यकर्ताको लागि चासोको विषय बन्यो। दाङमा थापाले दोस्रो पुस्ताका नेताहरु पार्टीको नेतृत्वमा पुग्नुपर्ने र आफ्नो पुस्ताका नेताहरुले पार्टीको महामन्त्री लगायतका पदमा पुग्नुपर्ने बताए। 
 
पहिलो पुस्ताका नेताहरुले देश, लोकतन्त्र र पार्टीका लागि धेरै गरेकोमा धन्यवाद दिदै अब दोस्रो पुस्ताका नेताहरुले पार्टीको मोर्चा सम्हाल्नुपर्ने र यूवा पुस्ता सल्लाह दिने तहबाट माथि उठेर निर्णय गर्ने तहमा पुग्नुपर्ने थापाले बताएका थिए।
 
दाङमा थापाले दिएको अभिव्यक्तिलाई उनले प्यूठानमा पुगेर थप व्याख्या गरे। थापाले प्यूठानका पत्रकाहरुसँग सोमबार भने 'पहिलो पुस्ताका नेताहरुले देश, लोकतन्त्र र पार्टीका लागि गरेको योगदानको कदर गर्दै उहाँहरुलाई विश्राम लिन आग्रह गर्नुपर्छ। अब पार्टी चलाउने काम दोस्रो पुस्ताका नेताहरुले गर्नुपर्छ। '
 
बीपीले काँग्रेसको स्थापनाकालमा देखेको संविधानसभाको सपना काँग्रेस सभापति शुसिल कोइरालाले पुरा गर्नुभएको उल्लेख गर्दै थापाले भने ' अब पार्टी र देश हाँक्ने युवा पुस्ताले हो। युवा पुस्ता पनि यसका लागि तयार भइसकेको छ।'   
 
पहिलो पुस्ताले अहिलेसम्म गरेका राम्रो काम र योगदानको सम्मान गर्नुपर्ने थापाले बताए। उहाँहरुको योगदानको सम्मान गर्दै उहाँहरुलाई विश्राम लिनुस भन्ने र दोस्रो पुस्ताका नेताले पार्टी नेतृत्व सम्हाल्ने र आफुहरुको तेस्रो पुस्ता पार्टीको निर्णायक तहमा पुग्नुपर्ने तर्क थापाले गरे। 
 
हाम्रो पुस्ताका कोहि आएर आफूहरुलाई समेत कन्भिन्स गरे उनीहरुलाई पनि छोड्न सक्ने हैन भने आफू पार्टीको महामन्त्रीमा उमेद्वार बन्ने थापाले बताए। म नै योग्य हुँ भन्ने दावी नराखेको उल्लेख गर्दै थापाले भने ' आफ्नो पुस्ताका कोहि पनि आएनन भने महामन्त्रीमा भने उमेद्वारी दिन्छु।'
 
अबको पुस्तालाई देश र पार्टीको भविष्य बनाउने जिम्मा दिनुपर्ने उल्लेख गर्दै थापाले भने ' काँग्रेसलाई समसामयिक पार्टी बनाउन तथा देशको भविष्यका लागि अब यूवा पुस्ता सुझाव दिने ठाउँमा हैन निर्णय गर्ने ठाउँमा पुर्‍याउनुपर्छ। '
 
'युवाहरुले सुझाव दिएर साक्षी मात्र भएर बस्ने हैन अब निर्णय गर्नुपर्छ। यो निर्णायक ठाउँमा जान पनि पार्टीमा कि कोहि यूवा महामन्त्रीमा जान आँट बोकेर तयार हुनुपर्छ नत्र मलाई समर्थन गर्नुपर्छ' थापाले भने। 
 
मध्य पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमणपछि थापा पश्चिम नेपालका भ्रमणमा रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ