arrow

‘उधारो हनिमुन’ : ओली गर्जन र वास्तविकता (टिप्पणी)

ग्यास पाइपलाइनमा छैटौं अभ्यास

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
pm-Oli-fnl.jpg.jpeg
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्ध सरकारको सय दिन पुरा भएको छ । सय दिनमा ओली नागरिक माझ राम्ररी चिनिएका छन् । महत्वकांक्षी योजना सुनाएर होस् वा जम्बो मन्त्रीमण्डल र नियुक्तिको विषयले । राज्यका हरेक निकायमा नियुक्ति गर्दै ओलीले सय दिन वितेको पत्तो पाएनन् । सरकार गठन अघिदेखि मधेस आन्दोलनको चंगुलमा फेसका ओली पिंजडा मुक्त हुने दाउँमा छन् । जसका लागि सय दिन पुग्नु एक दिन पहिले एक कटुता मित्रतामा बदलेका ओलीले फेरि बोलीमा दम भरेका छन् । एक वर्षअघि फाटेको सम्बन्ध जोडिएपछि ओलीले मुलुकको सार्वजनिक हितका लागि आफुबाहेक विकल्प देख्न छाडेका छन् । । उनका आँखाले दूर सम्म नियालीरहेका छन् वा सिंहदरबार वरीपरी यस विषयमा बहस सुरु भइसकेको छ । आइतबार साँझ एक वर्ष अघि वार्ताको टेबुलबाट विच्किएका  सद्भावना अध्यक्ष राजेन्द्र महतोसंग भलाकुसारी भएपछि ओलीले बोली तिखार्न थालेका हुन् । 
 
सत्तागठबन्धनको अर्को घटक एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले झन् ‘ओली सरकार पास भएको र अब यसैलाई राष्ट्रिय सरकारको स्वरुप दिनुपर्ने’ भनिदिएपछि ओलीको खुसीको सिमा रहेन । दाहालले आइतबारमात्रै राष्ट्रिय सरकारका लागि कांग्रेससंग समेत छलफल भइरहेको उर्दी लादेका छन् । दाहालको चतुरपन र वास्तविकता भने ठिक उल्टो । कांग्रेस आसन्न १३ औं महाधिवेशन अघि कुनै पनि सम्झौताका लागि तयार हुन नसक्ने जानकारहरु बताउँछन् । 
 
दाहाल विभिन्न समयमा विभिन्न अभिव्यक्ति जबरजस्ती लादिरहेका छन् । यद्यपि, सफल भएका उदाहरण भने हाल सम्म देखिएका छैनन् । सशस्त्र विद्रोह देखि दाहालले विभिन्न रणनीति अख्तियार गरेकामा हाल सम्म नागरिकले देख्ने गरी सफलता हाल पार्न सकेका छैनन् । अहिले पनि दाहालले केपी शर्मा ओलीलाई अघि देखाएर निकै चतुर ढंगको चाल चालिरहेका छन् । केही दिनअघि सम्म ओलीलाई पूर्ण भारत विरोधी देखाएका दाहाल फेरि भारत नजिक पार्न राष्ट्रिय सरकारको उर्दी लगाउन थालेका छन् । चीनसंग व्यापारिक सम्झौताका लागि चर्को दबाब दिएका दाहाल भूकम्प पछिको पुनः निर्माण र संविधान कार्यान्वयनको विषयलाई टेकेर ओली सरकारको जहाँज धकेलीरहेका छन् । रिफ्यूल गर्ने कार्य समेत दाहालकै हातबाट हुन थालेको अड्कल काटिसकिएको छ । केही दिन अघि मात्रै दाहाल समर्थकहरुले ओलीको औपचारिक भ्रमण भारतबाट हुने पक्का पक्की भएकै विषयलाई कटाक्ष गर्दै चीन पहिले जानुपर्ने कारण केलाएका थिए । यद्यपि, चीन भ्रमणको भित्री रहस्यबारे ती विचारकले केही खोलेका छैनन् । 
 
अर्कोतिर प्रधानमन्त्री ओलीले घर–घरमा ग्याँसको पाइपलाइन जोड्ने अभिव्यक्ति दिएपछि निकै आलोचना भयो । यद्यपि, ओलीले बोलेको विषय अन्यत्र अभ्यास भएकै विषय थियो र नेपालमा त्यसको अभ्यास सम्भव छ–छैन भन्ने धरातलीय सन्दर्भ कसैले कोट्याएनन् । यस्तै, पाइपलाइनका लागि ओलीले टेण्डर आह्वान गरिसकेको भनेर खुसी मनाउनेहरुले समेत पहिलो प्रयास होइन भन्ने बुझ्न आवश्यक छ  । यसअघि पाँच पटक टेण्डर आह्वान भइसकेको छ । ओलीले ग्यास पाइपलाइनका लागि गरेको यो छैटौं अभ्यास हो ।  
 
ओली गर्जन र वास्तविकता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको सरकारले केही राम्रा काम गर्न नसके जनतामा भयानक निराशा उत्पन्न हुने बताएका छन् । तर, ओली सरकारले दिएको पीडा नागरिक सहजै भुल्लान् भन्नेमा ओली स्वयं कत्तिको विश्वस्त छन् ? प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले ‘यो सरकार असफल भए नेपालको भविष्य डरलाग्दो अवस्थामा जानेछ, जनतामा भयानक निराशा छाउनेछ– भन्न भ्याए ।’ उनको ठहरको दोहारो अर्थ लगाउन थालिएको छ । एक अर्थमा ओली आफुले अघि सारेका महत्वकांक्षी काम नगरे स्वयंमाथिको विश्वास गुम्ने ठूलो भयमा छन् । अर्को अर्थमा संविधान जारी गर्ने कार्यमा आफ्नो भूमिका र प्राप्त इज्जतले आफुलाई अझै नेपालको वहाक सम्झिरहेका छन् । ओली वाम एकताको सपना समेत देखिरहेका छन् । 
 
भूकम्पपछिको अवस्था, नाकाबन्दी र तराई आन्दोलनका बाबजुद सरकारले मुलुकको प्रगति र समृद्धिका लागि केही प्रयास भइरहेको ओलीले सुनाए । लोकतान्त्रिक नीति र सामाजिक न्यायपूर्ण विचारका हिसाबले अहिले मुलुकको निर्णायक शक्तिका रुपमा एमाले रहेको जिकिर समेत ओलीले गरेका छन् । व्यस्थापिका संसदमा भने एमाले दोस्रो स्थानमा छ । जसको परिणाम स्वरुप गठबन्धन सरकारको प्रतिकुलताले जम्बो मन्त्रिमण्डलको रखवारे भएका छन् ओली । जुन सरकारले अझै अनुकुलता सिर्जना गर्न बाँकी नै छ । हनिमुन अवधि उधारोमै सकियो । यस्तै, देशलाई दूरगामी असर पर्ने र देशको एकता खण्डित हुने कुनै कुरामा जान नसकिने बताएका ओली सरकारकै सहयात्रीले प्रदेश नम्बर ७ को सिमाङ्कन हेरफेर हुने र मधेसमा दुई सहित प्रदेश संख्या ८ हुने उर्दी दिइरहेको छ । सय दिन सम्म पिंजडामा कैद ओली पिंजडा मुक्त भए भनेर पत्याउने आधार के ? कहिले खुल्छ नाकाबन्दी ? पीडिलाई कहिले पुग्छ राहत ?  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ