arrow

उधारोमा सम्झौता हुँदैन, संविधान पुनःलेखन हुनुपर्दछ : उपेन्द्र यादव

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
upendra-yadav-fnl-.jpg.jpeg
कुमोद  अधिकारी, विराटनगर । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले राज्य पुनःसंरचना तथा संविधान निमार्णमा भएका त्रुटिलाइ नसच्याएसम्म सहमती जुटन नसक्ने बताएका छन् । विराटनगरमा सोमबार आयोजित अन्तरक्रियामा यादवले सिमाकंनको हेरफेरनै मधेशी र्मोचाको मुख्य बटमलाइन रहेको प्रस्ट्याए । यादवले आफुहरु धेरैपटक वार्तामा बसेपनी निकास निस्कन नसकेकाले सरकारले ठोस प्रस्ताव अघि सारेर वार्तालाइ सफल बनाउनुपर्ने बताए । सिमाकंनको विषय नटुंग्याइकन आन्दोलन नरोकिने यादवको चेतावनी छ । नेता यादवले आन्दोलनको स्वरुप परिवर्तन भएपनि नरोकिने बताए ।   
 
समाजवादी फोरम अध्यक्ष यादवले, अब राज्यसंग कुनैपनी सम्झौता उधारोमा नहुने भन्दै सबै मागको सम्बोधन एकै पटक हुनुपर्नेमा जोड दिए । जारी  संविधानले मधेसमा विभेद गरेकाले संविधान पुनः लेखन आवश्यक रहेको बताए ।  यादवले आफुहरुको आन्दोलनलाई सरकाले विखण्डनकारी तथा देश टुक्राउने आन्दोलन भनेको भन्दै आन्दोलनले राष्ट्रिय एकता कायमगर्ने र सामाजिक सद्धभाव झन बलियो पार्ने जिकिर गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ