arrow

नाका खुलेपछि विराटनगरमा लक्ष्यभन्दा बढी राजस्व संकलन

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
bhansar-biratnagar-P.jpg.jpeg
कुमोद अधिकारी, विराटनगर । विराटनगर भन्सार कार्यालयले पुस महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । नाका सहज भएसंगै विराटनगर भन्सार कार्यालयको राजस्व संकलनमा बृद्धि भएको हो । पुस महिनामा एक अर्ब ६५ करोड राजस्व संकलन गर्ने लक्ष्य थियो । भन्सार कार्यालयले यो महिनामा तीन अर्ब ३ करोड राजस्व संकलन गरेको भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिए । पुस महिनामा लक्ष्य भन्दा एक सय ८२ प्रतिशतले बढि राजस्व संकलन भएको ढुंगानाले बताए । कार्यालयले माघ महिनामा समेत एक अर्ब ६५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ