arrow

निश्चित भयो अनुष्का-विराटको विवाह

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
virat-anushka_1508834502.jpg

एजेन्सी ।   पछिल्लो समय अनुष्का शर्मा र विराट कोहलीले खेलेको नयाँ विज्ञापन पछि दुवैबीच वैवाहिक सम्बन्धको पुन चर्चा सुरु भएको छ ।  हालै एक भारतीय वेबसाइटले अनुष्का र विराट डिसेम्बरमा विवाह गर्ने दावी गरेको छ ।

उक्त वेबसाइटका अनुसार अनुष्का र विराट दुवै विवाहको तायारीमा लागि सकेका छन्  । अघिल्लो बर्षको डिसेम्बरमा अनुष्का र विराटका परिवारबीच भेटघाट भएको थियो । सो भेटपछि दुवैले  निजी समारोहमा टिकोटालो गरेका थिए ।
 
विराटले डिसेम्बरमा भारतीय राष्ट्रिय टोलिबाट श्रीलंका बिरुद्ध तीन वानडे खेल खेल्नुपर्नेछ । तर टीम इंडियाको टाइट शेड्यूलबीच कोहलीले बोर्डसँग विवाहका लागि छुट्टि मागेका छन् ।

श्रीलंका सीरीजपछि नयाँ बर्षको पहिलो हप्ता भारतीय टीम, साउथ अफ्रीका भ्रमणमा जानेछ । सो अवस्थामा विराटलाई विवाह गर्ने समय हुनेछैन । सोहि कारण विराटले डिसेम्बरमा विवाह गर्ने  वेबसाइटमा लेखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ