arrow

कांग्रेसलाई सरकार ढाल्ने कुनै फुर्सद छैन: गगन थापा

काग्रेस महाधिवेशन तिर लागेकोले सरकार ढाल्ने वा बनाउने खेलमा छैनाै‌

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
944660_1731926670374632_4077079716194502430_n.jpg.jpeg
श्रीधर भट्टराई, प्यूठान । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसलाई वर्तमान सरकार ढाल्न कुनै फुर्सद नभएको बताएका छन् । काग्रेसको १३ औं महाधिबेशनको अबसरमा जिल्ला दौडाहको अवसरमा प्यूठान आएका नेता थापाले पत्रकारहरुसँग कुरा गर्दै काग्रेस महाधिवेशन तिर लागेकोले सरकार ढाल्ने वा बनाउने खेलमा नलागेको उल्लेख गरेका छन् । 

अहिले काग्रेस जारि भएको संविधानको कार्यान्वयन, भुकम्प पिडितहरुको दुखेसोमा हात मिलाउन र महाधिवेशन तिर लागेकोले सरारकार र सत्ता तर्फ आफुहरुको ध्यान नगएको बताएका छन् । नेता थापाले कांग्रेसको १३ औं महाधिबेशनलाई लक्षित गर्दै युवा पुस्ताले महामन्त्रीमा उमेद्वारी दिने बताएका छन् । पार्टीको निर्णायक तहमा पदाधिकारीको भूमिका हुने भएकाले युवा पुस्ताले महामन्त्रीमा दावी गर्ने उनले बताए ।

प्यूठानको वाग्दुलामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले आफ्नो पुस्ताका अरु नेताहरु तयार नभए महामन्त्रीमा उमेदवारी दिन आफू तयार रहेको समेत बताए ।कार्यकारी पदमा उमेरको हदबन्दी कायम गर्न आवश्यक रहेको थापाले बताए । पार्टी गुटहरुको संघ जस्तै भएको भन्दै उनले फरक मत हुनु स्भाविक भएपनि गुटलाई भने अत्य गर्नुपर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ