arrow

सजाय भुक्तान गर्दै आएका ४२ जना मानसिक रोगी

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
mental.jpg

पथरी । मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ । 

कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत पाँच वर्षको अबधिमा यहाँ मानसिक रोगी बढेर ४२ जना पुगेका छन् । तीमध्ये तीन महिला छन् । 

कारागार प्रशासनले उनीहरुलाई बेलाबेलामा कोशी अञ्चल अस्पताल लगेर मानसिक रोग विशेषज्ञ डा रोशन पोखरेलबाट उपचार गराउँदै आएको छ । 

कोशी अञ्चल अस्पतालका मानसिक रोग विशेषज्ञ डा रोशन पोखरेलले भने “कारागारका मानसिक रोगी उपचारका लागि यहाँ आउन त आइरहन्छन् तर संख्या यति हो भन्ने यकिन छैन ।” 

ती मानसिक रोगीमा झोक्र्याउने, त्रसिने, झस्किने र एक्लै बर्बराउने समस्या देखिएको उनले बताए । 

चार सय कैदीबन्दी अटाउने क्षमता रहेको सो कारागारमा अहिले ७५५ कैदीबन्दी छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ