arrow

मधेस आन्दोलनले मुलुकमा बाह्य चासो बढ्यो: उपप्रम थापा

logo
प्रकाशित २०७२ माघ ४ सोमबार
kamal.jpg.jpeg
काठमाडौँ। उपप्रधानमन्त्री कमल थापाले चाँडोभन्दा चाँडो वीरगन्जको नाका खोल्नका लागि कूटनीतिक प्रयास भइरहेको बताउनुभएको छ । 
 
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको आज भएको काठमाडौँ जिल्ला कार्यकर्ता प्रशिक्षण भेलामा पार्टी अध्यक्ष थापाले मधेस आन्दोलनले मुलुकमा बाह्य चासो बढेकोमा चिन्ता व्यक्त गर्दै वार्ताका माध्यमबाट समस्या समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 
 
सङ्घीय मामला तथा स्थानीय विकासमन्त्री पनि रहनुभएका थापाले स्थानीय जनताको समस्यालाई सामाधान गर्न कार्यकर्तालाई निर्देशन दिँदै जनताको हितमा काम गरी देशभर सङ्गठन सुदृढीकरण गर्न आग्रह गर्नुभयो । 
 
उहाँले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा स्थानीय समस्या जटिल बन्दै गएको बताउँदै दलबीच स्थानीय निर्वाचन छिट्टै सम्पन्न गर्न छलफल भइरहेकाले कार्यकर्तालाई त्यसतर्फ लाग्न आग्रह गर्नुभयो । 
 
पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले देशभर नै पार्टीको सङ्गठन प्रभावकारी बनाउन पुसको दोस्रो सातादेखि प्रशिक्षण भइरहेको र माघ मसान्तसम्म सम्पन्न गर्ने योजना रहेको जानकारी दिनुभयो । 
 
उक्त भेलामा जिल्ला, नगर, क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा नगर एकाइ कमिटीका अध्यक्षको सहभागिता थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ