arrow

व्यक्तिगत लगानीमा विद्युतको नहर निर्माण

नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य प्रेमबहादुर शाहीको लगानीमा विद्युत निर्माणको काम भइरहेको हो ।

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
power_house_kalikot.jpg.jpeg
पुष्पराज भट्टराई कालीकोट । कालीकोट जिल्लाको अवरुद्ध विद्युत सञ्चालनका लागि व्यक्तिगत लगानीमा विद्युतको नहर निर्माण गरिएको छ । स्थानीय निर्माण व्यवसायी तथा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य प्रेमबहादुर शाहीको लगानीमा विद्युत निर्माणको काम भइरहेको हो । ‘करिब ९० प्रतिशत काम सकिएको छ’ शाहीले हाम्रो कुरा डटकमसंग भने, ‘कालीकोटबासीले अब छिट्टै विजुली बाल्न पाउने छन् ।’ नहर निर्माणको काम सकिएको र ढलान मात्र बाँकी रहेकाले अबकोे १० दिनमा जिल्लामा विद्युत बाल्न सकिने नहर निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका शाहीले बताए ।

कालीकोटको एकमात्र विद्युत गृह पोतमारा साना जलविद्युत आयोजनाको नहर भत्किएपछि उक्त नहर निर्माणका लागि उपभोक्ता समितिका अध्यक्ष शाहीले हालसम्म आफ्नो २८ लाख रुपैयाँ खर्च भएको बताए । ‘हालसम्म नहर निर्माणमा काम गरिरहेका मजुदुर र निर्माण सामाग्री खरिदका लागि २८ लाख भन्दा बढी रकम लगानी भएको छ’ शाहीले भने, ‘उत्त रकम सबै व्यक्तिगत रुपमा जोहो गरिएको हो ।’ व्यक्तिगत लगानी गरेपनि जिल्लाबासीले विजुली बाल्न पाउने भएकाले आफुलाई खुशी लागेको उनले बताए । 

विद्युत नहुँदाको पीडा सिंङ्गो जिल्लाले भोग्नु परेको उल्लेख गर्दै जिल्लाको बिकासमा योगदान दिन सकेकोमा खुशी लागेको उनको भनाई छ । ‘मासिक सयकडा ३ प्रतिशत ब्याज तिर्ने गरी पैसााको जोह गरिएको छ’ शाहीले भने, ‘ऋण गरेर भए पनि विजुली बाल्न सकियो भने यो नै ठुलो कुरा हुनेछ ।’ माघ १५सम्म जसरी पनि विद्युत बाल्नु पर्छ भन्ने उद्देश्यका साथ काम भइरहेको उनले बताए । 

२०७० साल असार ३ गते राती परेको बर्षापछि आएको बाढीले कालीकोटको पोतमारा साना जलविद्युत आयोजनाको नहर बगाए पछि २ बर्षसम्म अन्धाकार भोगेका कालीकोटबासीले गत भदौमा मात्र विद्युतको उज्यालो बाल्न सकेका थिए । विद्युत सञ्चालन भएको दुई महिना नबित्दै फेरी अर्को ठाउँमा नहर भत्किए पछि दुई महिनादेखि कालीकोट विद्युतको उज्यालोबाट बञ्चित भएको छ । विद्युत अवरुद्ध हुँदा कालीकोटको मुम्रा, स्यूना, मेहलमुडि तथा सदरमुकाम मान्मलगायतका गाउँको जनजीवन अँध्यारो बनेको छ ।

विद्युतको नहर मर्मतका लागी स्थानीय स्रोत जुट्न नसकेपछि जिल्ला बिकास समितिले पछि सोध भर्ना गर्ने गरी व्यक्तिगत लगानीमा विद्युत नहर मर्मत गर्न जिल्लामा राजनीतिक दलहरुको सहभागितामा उपभोक्ता समिति बनाए पछि विद्युतको नहर निर्माण गरिएको हो ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ