arrow

कांग्रेस पदाधिकारी बैठक : संसद र दलीय छलफल एक साथ

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
Congres-FNL.jpg.jpeg
काठमाडौं । कांग्रेस पदाधिकारी बैठक सकिएको छ । सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बिहान बसेको पदाधिकारी बैठकले संसद र राजनीतिकदलहरुबीच एक साथ छलफल अघि बढाउने निर्णय गरेको छ । यस्तै, दिउँसो बस्ने संसद बैठकबाट प्रक्रियामा रहेको संविधान संशोधन प्रस्ताव अघि बढाउने कि रोक्ने भन्ने बारे तीन दलले परामर्श गर्दै छन् । त्यसअघि मधेसी मोर्चासंग सहमतिको प्रयास गर्ने शीर्ष तीन दलको तयारी छ । सोमबार बसेको तीन दल र संयुक्त कार्यदल सहितको बैठकमा मधेसी मोर्चाले तराईमा दुई प्रदेश हुनु पर्ने व्यवस्था संविधानको धारामै समाहित गर्नु पर्ने बताएपछि छलफल निर्णय तहमा पुग्न सकेन । तीन दलले सीमाङ्कन हेरफेरबारे संविधानको अनुसुचीमा राजनीतिक संयन्त्रको व्यवस्था गर्न सक्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ