arrow

हिन्दू धर्मालम्बीले किन पूजा गर्छन् गाईलाई, हेर्नुहोस् ८ विश्वास

logo
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
gai_mata.jpg

काठमाडौं । हिन्दूहरुको आस्थाको प्रतीक तथा जीवित देवताको रुपमा पूजा गरिने गाईलाई किन मान्न थाले हिन्दू धर्मालम्बीहरुले ? धेरैलाई गाईको बारेमा चिन्न सकिरहेका नहुनपनि सक्छन् । नेपालको राष्ट्रिय जनावर पनि हो गाई । तर, वैदिक परम्परामा गाईको महत्व भने एकदमै धेरै देखाईएको छ ।

हिन्दू धर्मको ४ वेदमध्ये चारवटै वेदमा गाईको स्पष्ट महत्व देखाईएको छ । आखिर किन हो त गाई यति पुज्य बनेको ? हामीले बुँदागत रुपमा केही विषय समेटेका छौं । 
 
१ हिन्दू धर्मका अनुसार गाईमा ३३ कोटी देवी देवता निवास गर्नेगर्दछन् । कोटीको अर्थ करोड नभई प्रकारको रुपमा मानिन्छ । यसको मतलव गाईमा ३३ प्रकारका देवताहरुको बास हुने गर्दछ । यी ३३ देवताहरुमा १२ आदित्य, ८ वशु, ११ रुद्र तथा २ अश्वीन कुमार । यी ३३ कोटी देवताको सधैंभरी गाईमा बस्दछन् भन्ने मान्यता छ । 

२ भगवान शिवको प्रिय पात विल्व पत्रको उत्पत्ति गाईको गोवरबाट नै हुने गर्दछ । 

३ ऋग्वेदले गाईलाई अंग मानेको छ । यजुर्वेद भन्छ गाई अनुपमेय हुन्छ । अथर्ववेदमा गाईलाई सम्पत्तिको घर मानिन्छ । 

४ पौराणिक मान्यता तथा श्रुतिहरुका अनुसार, गाई साक्षात विष्णुको रूप हो, गाई सर्ववेदमयी तथा वेद गाईमय रहेको छ । भगवान श्रीकृष्णको सारा ज्ञानकोष गोचरणबाट नै प्रप्त भएको मान्यत छ । 

५ भगवान रामका पूर्वज महाराजा दिलीप नन्दिनी गाईको पूजा गर्दथे।

६ भगवान गणेशको शिर काट्नेमाथि शिवजीले एउटा गाई दान गर्नुपर्ने दण्ड दिए । त्यही गाई पार्वतीलाई दिनुपरेको थियो । 

७ गरुढ पुराणका अनुसार वैतरणी पार गर्नको लागि गोदानको महत्व एकदमै धेरै छ । 

८ शास्त्र तथा विद्वानहरुका अनुसार केही पशु(पंक्षी यस्ता हुन्छन् । जो आत्माको विकास यात्राको कतिको आत्मामा परिरहेका हुन्छन् । तर गाईको आत्मा गाईपछि मानिको योनीमा आउनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ