arrow

महाभारतका ८ चर्चित श्रापहरु : जसले पहुँचवालालाई पनि धुरुधुरु रुवायो

पहुँच होइन इमान्दारिताले चल्थ्यो महाभारतको राजनीति

logo
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
mahabharat.jpg

काठमाडौं । सम्पूर्ण महाभारत चमत्कार, रहस्य, वरदान तथा श्रापको एक लेखा(जोखा हो। महाभारतमा यस्ता त सयौं श्राप तथा वरदानहरु मिल्ने गरेको छ । तर हामी यहाँ यी यस्ता प्रमुख  श्रापको बारेमा चर्चा गर्न गईरहेका छौं । जुन अहिलेसम्म पनि चर्चाको शिखरमा रहेको छ । यो जानेर तपाईमा पनि आश्चर्य र कौतुहलताले काउकुती लगाउन सक्छ । महाभारतको युद्ध परिणाम तथा पूर्वीय संस्कृतिको इतिहासको मोड केही अलग पनि रहेको मानिन्छ । यस बारेमा तपाईँ आफैं पनि विचार गर्न सक्नु हुनेछ । तर हामी भने महाभारत कालमा चलेका चर्चित श्रापहरुको उल्लेख गर्दैछौं । 

वशिष्ठ ऋषिको वसुलाई श्राप 
एक पटक ुद्युु नामक वसुले वशिष्ठ ऋषिको कामधेनुको हरण गरे। यसले क्रोधित भएका वशिष्ठ ऋषिले द्युसँग भने कि यस्तो काम त मनुष्यले मात्रै गर्दछन् । तिमी आठौं वसु मनुष्य हुनेछौं। तिनै आठ वसु मध्ये एक थिए भीष्म । गंगाले आठ मध्ये सात वसुको पानीमा बगार्इदिए । तर, जन्मन् वित्तिकै बोलेको कारणले भीष्म बँचे । भीष्मले ब्रह्मचारी रहने शपथ पनि लिएका थिए । त्यसैले पनि उनी बच्न सफल भएका हुन् । 

भीष्मलाई अम्बाको श्राप
सत्यवती(शांतनुका पुत्र विचित्रवीर्यको युवा भएर पनि भीष्मले बलपूर्वक काशीराजका ३ छोरीहरुलार्इ हरण गरी उनीहरुको विवाह विचित्रवीर्यसँग गरिदिए । तर पछि जेठी राजकुमारी अम्बालार्इ भने छाडिदिए । अम्बाले मुक्त भइसकेपछि एकदमै द्रवित भएर भीष्मलार्इ श्राप दिइन् कि तिम्रो मृत्यूको कारम म नै बन्नपाउँ । त्यसपछि अम्बाले प्राण त्यागेर शिखण्डीको रूपमा जन्म लिइन् र यद्धमा भीष्मका  मृत्युका कारण बनिन।

पाण्डुलार्इ ऋषिको श्राप
एकपटक कुन्ती  तथा माद्रीका पति राजा पाण्डु शकिार खेल्न गएका थिए । उनले मृग जस्तो देखेर आफ्नी पत्नीसँग मैथुन गरिरहेका ऋषि किन्दमलाई गएर लाग्यो । ती ऋषि मर्ने बेलामा उनले पाण्डुलाई श्राप दिए कि तिमी पनि मेरै मर्नुपरोस्।

कर्णलाई दिईएको श्राप 
परशुरामले सपथ लिएथे कि ब्रह्मास्त्र प्रयोग गर्न म कुनै ब्रह्मज्ञानीलार्इ मात्रै सिकाउँछु । कर्ण ब्रह्मास्त्र प्रयोग गर्न सिक्न चाहन्थे । त्यसैले उनी परशुरामको पास गए र आफू ब्रह्मणको पुत्र रहेको विश्वास दिलाए र सो ज्ञान लिए पनि । पछि परशुरामले यो पत्ता लगाए कि उनी सूर्य पूत्र हुन् भन्ने तव उनले कर्णलाई जव तिमीलाई यो विद्याको सबैभन्दा बढी आवश्यकता हुन्छ त्यही बेलामा तिमी यो विद्या भुल्नेछौं भनी श्राप दिए । पछि उनलाई यो विद्याले धेरै ठाउँमा राम्रो भन्दा पनि समस्या मात्रै सिर्जना गराएको थियो । 

अर्जुनलाई श्राप 
एक पटक अर्जुन इन्द्र(सभामा थिए । अर्जुनको रूप  र सौन्दर्यदेखेर मोहित भएकी उर्वशी नामकी अप्सराले उनलार्इ प्रेम प्रस्ताव राखिन्। तर अर्जुनले उनलार्इ आमा समान रहेको बताएर उम्किन खोजे ।  तब उर्वशीले क्रोधित हुँदै अर्जुनलार्इ एक वर्षसम्म अपुंसक हुने श्राप दिर्इन्। अर्जुनले उर्वशीको श्राप ग्रहण गर्न स्वीकार गरे । तर संयम तोडेनन् । 

दुर्योधनलार्इ श्राप  
एक पटक महर्षि मैत्रेय हस्तिनापुर गएथे। यहाँ पुगेर केही बेर विश्राम गरिसकेपछि उनलाई धृतराष्ट्रले सोधे भगवान् वनमा पाँच पाण्डव कुशलतापूर्वक त छन् नि ? महर्षिले उत्तर दिए उनीहरु कुशल छन् तर तिम्रा पुत्रहरुले जुवामा पाण्डवहरुलाई धोकाका साथ हराएर वनमा पठाएका हुन् । यो भनेर पछाडि फर्किएर दूर्याेधनसँग भने तिमी जान्दछौं पाण्डवहरु कति धेरै बीर र शक्तिशाली छन् । त्यति भन्नासाथ आफ्नो अतिथिगृहको मूल ढोकामा ताला ठोकेर दूयौधनले ऋषिलाई भित्रै चुनिदिए । त्यही बेलामा महर्षिले उनलाई मेरो कुरा शान्तिपूर्वक सुन्न नसक्ने तँलाई भीमले परास्त गरी यही कोठामा तेरो काराबास गराईदेओस् भन्ने श्राप दिएको कारण भीमले दूर्याेधनलाई पराजीत गरेका थिए । 

द्रौपदीले घटोत्कचलाई दिएको श्राप 
जब घटोत्कच पहिलो पटक आफ्ना पिता भीमको कक्षमा आएका थिए । त्यहाँ आफ्नी माता हिडिम्बाको आज्ञा अनुसार उनले द्रौ्पदीको कुनै सम्मान दिएनन् । द्रौपदीलार्इ पनि आफ्ना अपमान भएको देखेर एकदमै रिस उठ्यो । उनले त्यही चिच्याएर भनिन् कि दुष्ट तैले आफ्नो दुष्ट माताले भनेको सुनेर यस्तो व्यवहार गरिस् म माथि । तँ केही दिनमा नै लडाईँमा मर्नेछस् । उनको यो भनाई अनुसार नै त्यसैको केही दिनमा युद्धमा परी उनको ज्यान गयो । 

श्रीकृष्णको वंश नाशको श्राप 
महाभारत युद्ध पछि सान्त्वना दिने उद्देश्यले भगवान श्रीकृष्ण गान्धारीसामु गए । भगवान श्रीकृष्णलार्इ देखी गान्धारीले क्रोधित हुँदै उनलार्इ श्राप दिए कि तेरो कारणले जसरी मेरो एक सय जना छोराहरुको नास भएको थियो, उही प्रकार तेरो वंशको पनि एकले अर्कालार्इ मार्नेको कारण सबै नास होस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ