arrow

कोइराला निवासमा दाहाल, संविधान संशोधनको प्रस्ताव सहमतिमा अघि बढाइने

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागलाई सम्बोधन गर्ने र संविधान संशोधन विधेयकमा परेका संशोधनमा एकरुपता कायम गरी पारित गर्ने सम्बन्धमा

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
NC-Maoist.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका नेता र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको वार्तामा व्यवस्थापिका–संसद्मा रहेको संविधान संशोधनको प्रस्तावलाई सहमतिमा अघि बढाउने सम्बन्धमा छलफल भयो ।

काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा भएको भेटवार्तामा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागलाई सम्बोधन गर्ने र संविधान संशोधन विधेयकमा परेका संशोधनमा एकरुपता कायम गरी पारित गर्ने सम्बन्धमा छलफल भएको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

छलफलमा काँग्रेसका तर्फबाट सभापति कोइराला, उपसभापति पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य महेश आचार्य र प्रमुख सचेतक चीनकाजी श्रेष्ठ सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ