arrow

बिर्ता आयुर्वेदको एक दिने नि:शुल्क शिविर सम्पन्न

logo
गोपाल अधिकारी,
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
birta_hospital.jpg

झापा ।  बिर्तामोड नगरपालिका वाड न २ मा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ। वाड न २ को आयोजना ,बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरको प्राबिधिक सहयोग तथा हाम्रो एकता युवा समाज नेपाल बिर्तामोडको ब्यवस्थापनमा भएको नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन वडा न २ का अध्यक्ष नगेन्द्र सङ्ग्रौलाले गरेका थिए ।

उक्त शिविरमा हाडजोर्नी ,नशा साथै पायल्स,पिनास,ग्यास्ट्रिक,कब्जियत,टाउको दुख्ने,माइग्रेन,महिला सम्बन्धि समस्या लगायत अन्य समस्याहरु नि:शुल्क जाँच गरिएको संचालक  समितिका सदस्य योगेश श्रेष्ठले जानकारी दिए ।

त्यस्तै शिविरमा फिजियोथेरापिस्ट दिपेन्द्र यादब ,कबिराजद्वय राजु पराजुली, राजेन्द्र पोख्रेल,बैध नर्वदा भट्टराई र अहेब जुनिका थाम्सुहाङ को टोलिले दुई सय जनाको स्वास्थ्य जाँच तथा पन्ध्र हजार बराबरको नि:शुल्क औषधि समेत बितरण गरिएको संचालक सदस्य योगेश श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ