arrow

मूल मुद्दा संविधान संशोधन, ‘राजनीतिक संयन्त्र अनुसुचीमा राख्ने विषय तपशिल हो’ (भिडियोसहित)

पेलिनबाट बन्न मोर्चा संसदमा आउनु पर्ने

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
Ramchandra.jpg.jpeg
काठमाडौं । मधेस समस्या समाधान र संविधान संशोधन प्रक्रिया अघि बढाउन तीन दलले समानान्तर गृहकार्य थालेका छन् । जसमा सत्तासिन, विपक्षी र असन्तुष्टहरुको आन्तरिक तथा संयुक्त छलफल एक साथ अघि बढिरहेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । मंगलबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकपछि संचाकर्मीसंग पौडेलले दलका नेताहरु बसेर मधेस समस्या समाधानका लागि गृहकार्य गर्ने सहमति भएको बताए । 
 
पौडेलले भने,‘सोमबार राति तीन दल र संयुक्त कार्यदलबीच भएको छलफलमा मूलतः संविधान संशोधन कसरी अघि बढाउने भन्ने बारे छलफल भयो, मधेसी मोर्चाको माग सम्बोधन गर्न प्रस्तावित राजनीतिक संयन्त्रको संवैधानिक वैधताको विषय संविधानको अनुसुचीमा उल्लेख गर्ने भन्ने कुरा तपशिलको विषय हो ।’ संविधान संशोधन प्रस्तावमाथि संशोधन आउने क्रम जारी छ । अझै पनि संशोधन हाल्न सकिने भएकाले असन्तुष्टहरुका माग सम्बोधन गर्ने ठाउँ छ । सोमबारको बैठकमा समेत संविधान संशोधनकै विषयमा सहमति जुटाउनेबारे छलफल भएको उपसभापति पौडेलले बताए । यस्तै, दिउँसो बस्ने संसद बैठकबाट प्रक्रियामा रहेको संविधान संशोधन प्रस्ताव अघि बढाउने कि रोक्ने भन्ने बारे तीन दलले परामर्श गर्दैछन् । 
 
सोमबार बसेको तीन दल र संयुक्त कार्यदल सहितको बैठकमा मधेसी मोर्चाले तराईमा दुई प्रदेश हुनु पर्ने व्यवस्था संविधानको धारामै समाहित गर्नु पर्ने बताएपछि छलफल निर्णय तहमा पुग्न सकेन । तीन दलले सीमाङ्कन हेरफेरबारे संविधानको अनुसुचीमा राजनीतिक संयन्त्रबारे उल्लेख गर्न सक्ने बताएका छन् । यसअर्थ मोर्चाले एकोहोरो ढिपी छाडेर संसदमा संशोधन हाल्ने हिम्मत राख्नु पर्ने देखिएको छ ।
भिडियो हेर्नुस्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ