arrow

भूपू विद्यार्थीले गरे २२ लाख भन्दा बढिको आर्थिक सहयोग

logo
कौरव खत्री,
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
janagagriti.JPG

गुल्मी । बाग्लुङ्गको एक विद्यालयको लागि जापानमा रहेका नेपालीहरुबाट मात्रै २२ लाख भन्दा बढिको आर्थिक सहयोग संकलन भएको छ । गल्कोट नगरपालिका वडा नं.८ काँडेवासमा रहेको  जनजागृति माध्यमिक विद्यालयको लागि जापानमा विभिन्न शहरमा रहेका व्यक्तिहरुबाट २२ लाख ५८ हजार ४सय ४४ रुपैया रकम संकलन भएको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिए ।

विद्यालयका भूतपूर्व विद्यार्थीहरु हाल जापानका विभिन्न ठाँउहरुमा रोजगारीको शिलशिलामा कार्यारत गल्कोटका झण्डै १ दर्जन भन्दा बढि नेपालीहरुबाट  बोल र नगद सहयोग रकम प्राप्त भएको विद्यालयका शिक्षक सापकोटाले जानकारी दिए ।

२०१४ सालमा स्थापना भएको विद्यालयले आफ्नो ६० बर्ष प्रवेश गरेको अवसरमा आँउदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले  हिरक महोत्सव मनाउन गइरहेको छ ।हिरक महोत्सवलाई लक्षित गदै विद्यालयले  हाल जापानका विभिन्न स्थानहरुमा  आर्थिक संकलन अभियानलाई समेत अगाडी बढाइरहेको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ