arrow

कार्यदलस्तरीय वार्ता समाप्त, ‘शीर्ष तहमा मात्रै सम्वाद गर्ने’

नाटकिय शैली

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
karyedal-sadasye.jpg.jpeg
काठमाडौं । मधेसी मोर्चाका कार्यदल सदस्यले तीन दल र मधेसी मोर्चाको कार्यदल स्तरीय वार्ता अर्थहिन भएकाले अब शीर्ष तहमा मात्र वार्ता हुने प्रस्ट्याएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कार्यदल सदस्यले वार्ता र संवादबाट नभाग्ने तर, शीर्ष तहमै वार्ता गर्ने बताएका हुन् । 
 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पत्रकार सम्मेलन भनिएको कार्यक्रममा कार्यदल सदस्य एवं तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले वार्ता रोकिएको छैन– भने । उनले भने,‘अब शीर्ष स्तरमा मात्रै वार्ता हुन्छ ।’ मोर्चा सोमबारको संयुक्त बैठकबाट विच्किएको हो । 
 
आफु संसदमा रहेको जानकारी दिएका सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले मोर्चाले अब थाल्ले प्रक्रियाबारे कार्यदल सदस्यहरुलाई जानकारी हुने बताए । यस्तै, सद्भावना महामन्त्री मनीष सुमनले मधेसी मोर्चाको पत्रकार सम्मेलन नभई कार्यदल सदस्यको पत्रकार सम्मेलन भने । 
 
यस्तै, सद्भावना अध्यक्ष राजेन्द्र महतो मंगलबार उधारो सम्झौता मान्य नहुने भन्दै आन्दोलनको निरन्तरताका लागि जनकपुर पुगेका छन् । महतो जनकपुर हुँदै सिरहाको लहानमा हुने बलीदानी दिवसमा सहभागि हुने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ