arrow

काठमाडौंमा राति सम्म पानी पर्ने, पश्चिमी उच्च भेकमा हिमपात

विहिबारबाट सुधार आउने

logo
प्रकाशित २०७२ माघ ५ मंगलबार
mausam-Fnl-new.jpg.jpeg
काठमाडौं । राजधानी सहित देश भरको मौसममा बदलि आएको छ । सोमबारबाट सुरु भएको बदलि विहिबार सम्म रहने मौसमविद्हरुले जनाएका छन् । काठमाडौं उपत्यकामा मंगलबार राति देखि वुधबार सम्म केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् बरुण पौडेलले हाम्राकुरासंग भने,‘वुधबार पनि दिउँसभर बदलि कायम रहने छ, मंगलबार जस्तै झुम्म हुने स्थिति छ ।’ विहिबारबाट बदलिमा सुधार आउने मौसमविद् पौडेलले बताए । सोमबार विहान काठमाडौं उपत्यकाको तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस रहेकामा दिउँसो १९ डिग्री सेल्सियस पुग्यो । पश्चिमी वायुको असर र अरव सागरबाट उत्पन्न भएको मौसमी गडवढी भारत हुँदै नेपाल प्रवेश गरेकाले बदलि देखिएको मौसमविद् पौडेलले बताए । यद्यपि, बदलिमा शितलहर नरहने भएकाले तराई भेगमा खासै असर नपर्ने पौडेलको भनाई छ । बदलि खुलेपछि बाक्लो हुस्सु लाग्ने सम्भावना रहन्छ । 
 
मध्य तथा सुदूरका हिमाली क्षेत्रमा हिमपात सुरु
मौसमविद् पौडेलले सोमबार राति सम्म मध्य तथा सुदूर र पश्चिमाञ्चलका उच्च हिमाली क्षेत्रमा हिमपात हुन बताएकामा उच्च हिमाली क्षेत्रमा दिउँसै हिमपात सुरु भएको छ । पौडेलका अनुसार वुधबार पूर्वका उच्च हिमाली क्षेत्रमा हिमपात हुनेछ । 
 
कहाँ–कहाँ भयो हिमपात ? 
सुदूर पश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र बैतडीका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । बझाङको काँडा क्षेत्रमा हिमपात सुरु भएको स्थानीय पत्रकार जगदिश रोकायाले जानकारी दिए । काँडा लगायतका उत्तरी क्षेत्रमा हिमपात सुरु भएको र सदरमुकामको मौसम पनि चिसिएको रोकायाले बताए । 
 
यस्तै, बाजुराका उच्च भेकमा हिमपात सुरु भएको पत्रकार कृष्ण ओलीले जानकारी दिएका छन् । सदरमुकामको मौसम बदलि भएको र अत्यन्तै जाडो भएको उनले सुनाए । यसैगरी, मध्यपश्चिमका हुम्ला, मुगु, जुम्ला, कालिकोट र जाजरकोटका उच्च भेकमा हिमपात सुरु भएको छ ।
 
जाजरकोटको उत्तरी भेकमा हिमपात भएको स्थानीय पत्रकार जनक केसीले जानकारी दिए । पश्चिमाञ्चलका गोरखा, कास्की, पर्वत लगायतका जिल्लाको उच्च हिमाली क्षेत्रमा हिपात भएको छ । गोरखाको लाप्राकमा यसअघि नै हिमपात भएपछि भूकम्प पीडितहरुको कन्तविजोग भएको छ । पीडितको राहत र उद्धारको जिम्मा नेपाली सेनाले लिएको छ ।    
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ