१७ वर्ष पछि नेपाललाई सफलता, नवयुगको ह्याट्रिक, उपाधि भिडन्त बहराइन यू–२३ संग
प्रकाशित २०७२ माघ ५ मंगलबार
1.7k
Shares
काठमाडौं । बंगबन्धु राष्ट्रिय मैदानमा भएको दोस्रो सेमिफाइनमा गोल्डकपमा माल्दिभ्सविरुद्ध शानदार जित निकाल्दै १७ वर्ष पछि सफलता हासिल गरेको छ । जितसंगै नेपाल बंगबन्धु गोल्डकपको फाइनलमा पुगेको छ । बंगबन्धु राष्ट्रि मैदानमा भएको दोस्रो सेमिफाइनलमा नेपाललाई जिताउन राष्ट्रिय टोलीमा यसै वर्ष परेका नवयुग श्रेष्ठले ह्याट्रिक गरे । विशाल राईले एक गोल गरे । माल्दिभ्सका नसिदले एक गोल फर्काए । नवयुगले ३१, ६२ र ९१ औं मिनेटमा गोल गरे । विशालले ५२ औं मिनेटमा गोल गरेका हुन् । शुक्रबार हुने फाइनलमा नेपालले बहराइनको २३ वर्ष मुनिको टिमसंग उपाधि भेट गर्ने छ ।
लाइभ अपडेट
नवयुगले ९१ औं मिनेटमा ह्याट्रिक पुरा गरे 19:08:40
हेमन गुरुङ बाहिरिए, रन्जन विष्ट भित्रिए । 18:56:29
माल्दिभ्सले खाता खोलेसंगै नेपाल आक्रामक देखिएको छ । 18:54:43
माल्दिभ्सले खाता खोल्यो । ७७औ मिनेटमा नसिदले गोल गरे । 18:52:23
विशालले ५२ औं र नवयुगले ६२ औं मिनेटमा गोल गरे । 18:43:37
नेपाल ३–० ले अघि । नवयुगको व्यक्तिगत दोस्रो गोल । विशाल राईले पनि आफ्ना नाममा खाता खोले । 18:41:51
सन् १९८४ मा काठमाडौंमा भएको साफ गेम्समा नेपालले एउटै प्रतियोगितामा मालदिभ्सलाई ४-० को अन्तरले २ पटक पराजित गरेको थियो। उक्त प्रतियोगितामा फुटबल तर्फको स्वर्ण नेपालले हात पारेको थियो । 18:16:37
हाल सम्म माल्दिभ्ससंग खेलेका १५ खेल मध्य नेपालले ४ खेल जित्दा ७ खेलमा हार बेहोरेको छ । यस्तै, ४ खेल बराबरीमा सकिए । 18:16:16
सन् १९९९ मा भएको साफ गेम्समा नेपालले जीत हात पारेपछि मालदिभ्स बिरुद्ध जीत निकाल्न सकेको छैन । 18:12:43
बल नियन्त्रण नेपाल ६५ प्रतिशत , माल्दिभ्स ३५ । 18:09:53
नेपाल १७ वर्ष पछि माल्दिभ्सविरुद्ध जितको खोजीमा छ । 18:05:44