- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । हरिशयनी एकादशीमा भगवान विष्णु र उनका अवतारको पूजा गरिन्छ । श्रीहरिको उपासनालाई सबैभन्दा ठूलो मानिन्छ । त्यसैले पनि यो एकादशीलाई बढी अद्भुत मानिन्छ । यसै दिन तुलसी विवाह गरिन्छ ।
यो एकादशीमा भुलेर पनि केही काम गर्न हुन्न । ती हुन्–
१, चामल नखानु । नखानुको कारण हो चामल खाएपछि व्यक्तिको मन चंचल हुन्छ र प्रभुभक्तिमा मन जाँदैन ।
२, एकादशीको बिहानै दाँत माझ्न मनाही । फुल र रुखका पात टिप्न पनि मनाही ।
३, एकादशीको दिन उपवास बसे पनि नबसे पनि कम्तीमा ब्रम्हचर्य पालना गर्नुपर्छ । यसदिन संयम राख्नु जरुरी छ ।
४, एकादशीको दिन झुठो नबोल्नू । झुठो बोल्दा पाप लाग्छ । झुठो बोलेर मन दुषित हुन्छ । दुषित मनले के को भक्ति के को पुजा ।
५, एकादशीमा कहिल्यै पनि क्रोध नगरौं ।
६, एकादशीका दिन विस्तारामा नसुतौं । जमीनमै सुतौं ।
७, एकादशीमा कहिल्यै पनि नशायुक्त र मासुजन्य पदार्थको सेवन नगरौं ।
८, स्नान गरेपछिमात्र केही खानेकुरा ग्रहण गरौं ।