arrow

एनएमबी क्यापिलटको लापर्वाहीले डिम्याट खातावालाले सेयर बेच्न पाएनन्

धितोपत्र बोर्डमा उजुरी दिए कारवाही अगाडी बढाइने

logo
काठमाडौ।
प्रकाशित २०७२ माघ ५ मंगलबार
security-board-nnb.jpg.jpeg
लामो समय सम्म पनि डिम्याट (सेयर प्रमाणपत्रलाई अभौतिक गर्ने काम) गरेको खातामा सेयर नआउदा सेयर कारोवार गर्नबाट सर्वसाधारण बन्चित हुन थालेका छन्। 
 
एनएमबी क्यापिटलमा  डिम्याट रिक्वेष्ट फारम भरेका ग्राहकबाट लिएको डिम्याट रिक्वेष्ट फारम डीपीले शेयर रजिष्ट्रारमा नपठाउँदा तथा त्यहाबाट पठाएका फाइल प्रमाणित भएर नआउँदा कतिपय सेयर सर्वसाधारणले चाहेर पनि सेयर बेच्न सकेका छैनन्। ४-५ महिना अगाडि डिम्याट एकाउन्ट खोलेर सेयर जम्मा गरे पनि सेयर कारोबार गर्न नपाएको दुखेसो पोखेका छन् । पैसा चाहिएर बेच्न खोजे पछि पटक पटक एनएमबी क्यापिटलमा सम्पर्क गरे पनि 
 
रेस्पन्स नगर्ने, फोन नउठाउने, फोन उठाउदा पनि राम्रोसग जानकारी नदिदा हैरानी भएको नाम नबताउने सर्तमा हाम्रा कुरा डटकमको कार्यालयमा नै फोन गरेर एक पिडितले बताएका छन् । फोनमा कुरा गर्दे उनले यस्तो अवस्थामा कहाँ उजुरी दिने हो सो समेत थाहा नभएको बताएका छन्। डिम्याट खाता खोल्ने कम्पनीले सर्वसाधारणले सेयर कारोबार नै गर्न नपाउने गरी यति लामो समयसम्म झुलाउन नपाइने र यस्तो कुनै कम्पनीले गरेको भए धितो पत्र बोर्डले तुरुन्तै कारवाही गर्नु पर्ने सेयर बिज्ञ रबिन्द्र भट्टराईले बताए ।
 
कानुन त डिम्याट एकाउन्टमा सेयर जम्मा गरेको १३ दिन भित्रका प्रमाणित भै आइसक्नु पर्ने ब्यवस्था भएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताएका छन् । उनले डिम्याट प्रणालीबाट कारोबार गराउँदा कही समस्या देखिएको भए पनि धेरै समाधान हुदै गरेको दावी गरेका छन्।
 
एकले अर्कोलाई दोष देखाउँदा काम नभएको बताएका छन् । साथै उनले कसैले धितो पत्र बोर्डमा उजुरी दिए कारवाही अगाडि बढाउने उनले बताए । यस्ता उजुरी बोर्डमा आइरहेको र समाधान तिर लागिरहेको समेत बताएका छन् । यस्तो समस्या समाधान गर्न छलफल समेत आयोजना गरिएको छ । यस सम्बन्धमा बुझ्न कार्यालय समयमा एनएमबी क्यापीटलको फोन नम्वर ०१४४३७९६० मा पटक पटक सम्पर्क गरे पनि फोन उठेन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ